काठमाडौँ । मानव जीवनमा भाग्यको निकै चर्चा हुने गर्छ । भाग्यमानीहरु सुख समृद्धि र खुसी जीवन बिताएका हुन्छन् । अभागी दुखले जीवनमा खुसी भन्ने कहिल्यै पाउँदैनन् । उनीहरुको जीवन चिन्ताले भरिएको हुन्छ । कुनै व्यक्ति जीवनमा कति भाग्यमानी छ भन्ने कुरा उसको परिस्थिती हेरेर बुझ्न सकिन्छ । शास्त्रमा केही कुराहरु भनिएका छन् । जुन कुराहरु भएका व्यक्तिलाई अभागी भनिएको छ ।
१. चाणक्य निति : यदि कुनै पुरुषको श्रीमतीको मृत्यु हुन्छ अर्कैसँग गइन् भने त्यो दुर्भाग्य हो । तर यौनअवस्थामा नै जीवन साथीको साथ छुट्छ भने त्यो पुरुषले पुुुुन विवाह त गर्न सक्लान । तर उमेर ढल्केपछि विवाह होला यो जीन्दगीको सबैभन्दा दुखद क्षण हो । पुरुषहरुलाई बुढेसकालसम्म पनि पत्नीको खाँचो हुन्छ । बुढेसकालमा एक्लो हुनु निरास र दिक्दार जिन्दगी हुनु हो । त्यसकारण यस्तो पुरुषलाई अभागी पुरुष भनिएको हो ।
२.शत्रुको हातमा परेको धन : यदि कुनै पुरुष व्यक्तिको धन खराब व्यक्तिमा परेको छ भने त्यो व्यक्ति साच्चै अभागी हुन्छ । आफुले दुख कष्ट गरेर कमाएको धन अरुको हातमा पर्नु भनेको दुर्भाग्य हो । त्यो धन कुनै बेला आफ्नै विरुद्धमा प्रयोग हुन पनि सक्छ ।
३.अरुको घरमा गुलाम : कुनै पुरुष व्यक्तिको लागि अरुको घरमा गुलामी बनेर बस्नु सबैभन्दा दुखद कुरा हो । यस्तो व्यक्तिलाई अरुको काम गर्दा भनाइ सहनुपर्छ । अरुको घरमा बस्नु स्वतन्त्रता हुँदैन् । यस्तो व्यक्तिको तन मनले नै आफु अभागी रहेको महसुस गर्छ । त्यसकारण जो कोही पुरुष व्यक्तिले यस्तो कुराहरुबाट जागाउनु पर्छ ।