काठमाडौँ – सामाजिक संजालमा ‘अस्ट्रेलिया काण्ड’ भन्दै एक भिडियो भाइरल गराइएपछि अस्ट्रेलियामा बस्दै आएकी एक नेपाली युवतीले प्रहरीमा उजुरी दिएकी छन्।

‘अस्ट्रेलिया काण्ड’ भन्दै सामाजिक संजालमा भाइरल गराइएको एक भिडियोमा जोडेर आफ्नो चरित्रह-त्या गरिएको भन्दै अस्ट्रेलियामा बस्दै आएकी एक नेपाली युवतीले नेपालको प्रहरीमा उजुरी दिएकी हुन्। पिडित युवतीले बुधबार अस्ट्रेलियाबाटै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको बताइएको छ।

असम्बन्धित भिडियोमा आफ्नो भिडियोको सानो क्लिप जोडेर भाइरल बनाइएको उनको भनाई छ। अश्लिल साइटको कुनै एक भिडियोमा उनको अनुहार देखिने अर्को क्लिप जोडेर भाइरल गराएपछि आफू पिडित भएको उजुरीमा उनले खुलाएकी छन्। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार उजुरी दिने युवतीले उनलाई शंका लागेको व्यक्तिको नाम समेत उजुरीमा खुलाएकी छन्।

केहि दिन देखि नेपालका विभिन्न फेसबुक ग्रुपहरुमा ‘अस्ट्रेलिया काण्ड’ भन्दै एक भिडियो भाइरल बनाइएको छ। सामाजिक संजाल देखि अश्लिल साइटहरुमा समेत भिडियो भाइरल गराइएको छ।

युवतीले उजुरी दर्ता गराएसँगै नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान शुरु गरिसकेको छ। अनुसन्धानको क्रममा विदेशीको अश्लिल भिडियोमा पिडित युवतीको भिडियो जोडेर भाइरल गरेको पाइएको प्रहरी श्रोतको भनाई छ।

हाल प्रहरीले भिडियो सामाजिक संजालमा भाइरल गराउने केहि एकाउन्ट माथि निगरानी बढाएको छ।

प्रकाशित : बुधबार, माघ ०८, २०७६१४:०१

“माओबादी मननपरे गणतन्त्र फिर्ता गरौं, १२ बुँदे सहमती र सेना समायोजन भंग गरौँ”