ज्योतिषशास्त्रका अनुसार कुण्डलीमा हुने ग्रहको प्रभाव अनुसार शुभ र अशुभ फल मिल्ने गर्छ। शुभ र अशुभ घटनाहरूको सम्बन्ध प्रत्यक्ष रूपमा ९ ग्रहहरूसँग सम्बन्धित हुने ज्योतिषशास्त्रको दावी छ।
कुण्डलीमा ग्रहहरुको शुभ प्रभाव भए शुभ फल मिल्ने र अशुभ प्रभाव भए अशुभ फल मिल्ने बताइन्छ। मानिसहरुलाई रोग लाग्ने विषयमा पनि ग्रहहरु भूमिका रहने ज्योतिषहरु बताउँछन्। ज्योतिषशास्त्रमा ग्रहहरुको खराब प्रभाव अनुसार लाग्ने रोग बारे वर्णन गरिएको पाइन्छ। जसअनुरुप केहि जानकारी निम्न छन्।
सूर्य
कुण्डलीमा सूर्यको अशुभ प्रभाव पर्दा आँखा सम्बन्धित समस्याहरु देखा पर्न सक्छन्। यसको अलावा सूर्यको अशुभ प्रभावले टाउको सम्बन्धि रोग पनि लाग्न सक्छ।
चन्द्रमा
हरेकको कुण्डलीमा चन्द्रमाको भूमिका महत्वपूर्ण रहने गर्छ। चन्द्रमाको अशुभ प्रभावका कारण पेट सम्बन्धि रोग लाग्न सक्छ। यसको साथै खोकी समेत लाग्न सक्ने हुन्छ।
मंगल
मंगल ग्रहको प्रभाव रातो रङ्गमा बढी हुन्छ, अथवा मंगलको सम्बन्ध रगतसँग हुन्छ। मंगलको नकारात्मक प्रभावका कारण रगत सम्बन्धि समस्याले सताउन सक्छ।
बुध
बुधको गलत प्रभावले अनेक प्रकारका स्वास्थ्य समस्या निम्तिन सक्छ। बुधको अशुभ प्रभावका कारण दाँत तथा स्नायु सम्बन्धी रोगहरु लाग्न सक्छन्।
बृहस्पति
कुण्डलीमा बृहस्पतिको विशेष भूमिका रहन्छ। कुनै पनि एक व्यक्तिको कुण्डलीमा बृहस्पतिको नकारात्मक प्रभाव छ भने उसलाई स्वास-प्रस्वास सम्बन्धि समस्याले सताउन सक्छ।
शुक्र
शुक्र सम्पन्नता र वैभवको कारक ग्रह हो। शुक्रको अशुभ प्रभावले अनेक प्रकारका नकारात्मक प्रभाव पार्न सक्छ। शुक्रको अशुभ प्रभाव परेमा अनेक प्रकारका रोग लाग्न सक्छ।
शनि
कसैको पनि कुण्डलीमा शनिको नकारात्मक प्रभाव रहनु शुभ मानिंदैन। शनिको नकारात्मक प्रभावका कारण पेट सम्बन्धित रोगहरु लाग्न सक्ने सम्भावना रहन्छ।
राहु
कुण्डलीमा राहुको अशुभ उपस्थितिले ज्वरो जस्तै स्वास्थ्य समस्याहरु देखा पर्न सक्छन्।
केतु
कुण्डलीमा केतुको प्रभाव ठिक छैन भने हाड-जोर्नी सम्बन्धि समस्याले सताउन सक्छ, हड्डी कम्जोर भई अनेक प्रकारमा समस्या देखा पर्न सक्छन्।