डढेलो निभाउन खटाइएको विमान पहाडमा बजारियो, विमानमा सवार सबैको निधन !

एजेन्सी – अष्ट्रेलियामा एक विमान दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ। डढेला नियन्त्रणमा खटाइएको ट्यांकर विमान दुर्घटना हुँदा बिहिबार अष्ट्रेलियामा तीन जनाको ज्यान गएको हो।

बिहिबार मध्यान्न देखि सम्पर्क बिहिन भएको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताइएको छ। स्थानीय संचार माध्यमहरुमा अन्सुअर विमान स्थानीयसमय अनुसार दिउँसोको साढे १ बजे पछाडी सम्पर्क बिहिन भएको थियो।

सम्पर्क टुटे लगतै खोजि कार्य शुरु गर्दा केहि समय भित्रै विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको स्थानीय मिडियाहरुले बताएका छन्। विमान डढेलो नियन्त्रणमा खटिएको थियो।

जहाज हिउयुक्त पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त भएको स्थानीय प्रशासनले जानकारी दिएको छ। नर्थ साउथ वेल्सका प्रमुख ग्लाडीस बेरेजिक्लियनले विमानमा सवार सम्पूर्णको ज्यान गएको बताएका छन्।

विमानमा रहेका तीनै जना अमेरिकन अग्निनियन्त्रक रहेको नर्थ साउथ वेल्सको ग्रामिण अग्नि नियन्त्रण सेवाका कमिस्नर शेन फिट्जसिमान्सले पुष्टि गरेका छन्।

डढेलो प्रभावित क्षेत्रमा नर्थ साउथ वेल्सको ग्रामिण अग्नि नियन्त्रण सेवाले पठाएको उक्त विमान के-कति कारणले दुर्घटना भयो भन्ने बारे एकिन भने भैसकेको छैन।

दुर्घटना बारे अनुसन्धान भैरहेको शेन फिट्जसिमान्सको भनाई छ।

प्रकाशित : बिहिबार, माघ ०९, २०७६०६:३९

निकुञ्ज घुम्दै राजकुमारी