यो हो संसारकै सबैभन्दा विषाक्त बिरुवा, यसलाई छुँदा मात्र पनि जान सक्छ ज्यान

मानिसहरु हरियालीका लागि आफ्ना घर वरिपरि बोट-बिरुवाहरु रोप्ने गर्दछन्। ती केवल मानिसका लागि मात्र नभई वातावरणका लागि पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ। यी रुख बिरुवाहरुका कारण नै, मानिसको अस्तित्व रहेको छ। यिनकै कारण हामीले कागज, काठ-दाउरा, अक्सिजन आदि पाउँछौं।

सबैलाई थाहा भएकै कुरा हो, बोट-बिरुवा नभए हामी जीवनको कल्पना पनि गर्न सक्दैनौ। तर के तपाईहरुलाई थाहा छ, संसारमा त्यस्ता थुप्रै बोटबिरुवाहरु पनि छन्, जुन मानवका लागि निकै खतरनाक हुन्छन्। संसारमा त्यस्ता पनि धेरै बोटबिरुवाहरू छन्, जसले मानिसको ज्यानै पनि लिन सक्छ।

लन्डनमा एउटा त्यस्तै बिरुवा पाइएको छ, जसलाई त्यहाको सामान्य भाषामा ‘होगवीज’ वा ‘किलर ट्री’ भनिन्छ। यसको वैज्ञानिक नाम ‘हेरकिलम मेंटागेजिएनम’ हो। यो बिरुवा बेलायतको ‘लन्काशायर नदी’को किनारमा पाइन्छ।

यी खतरनाक बिरुवाको लम्बाई १४ फिट सम्म हुने गर्दछ। यदि त्यस बोटलाई कसैले छोयो मात्रै भने पनि, यसले निकै क्षति पुर्याउने गर्दछ।वैज्ञानिकहरुका अनुसार, छोएको मात्रै ४८ घण्टा भित्र यसले खतरनाक असर देखाउन शुरू गर्दछ। यो बिरुवा जति आकर्षक देखिन्छ, त्यति नै खतरनाक हुन्छ।

वैज्ञानिहरुका अनुसार, यो बिरुवा सर्प भन्दा पनि बढी विषाक्त हुने गर्दछ। यदि कसैले यस बिरुवालाई छोयो भने, केहि घण्टामै यसले आफ्नो असर देखाउन सुरु गर्छ र छाला पुरै जलाउने गर्दछ। डाक्टरहरुका अनुसार, ‘यदि कसैले यो बोटलाई छोएमा, त्यस मानिसहरुका आँखाको प्रकाश जाने समेत खतरा रहन्छ। अहिले सम्म, यस बोटबाट हुने असरका लागि कुनै सही औषधी बनेको छैन’।

‘सेंसआइजिंग फूरानोकौमारिंस’ नामक एक रासायनिकका कारण यस बिरुवा निकै विषाक्त हुने गर्दछ, र जसको कारण यसलाई निकै खतरनाक बनाउँदछ। तर जति खतरनाक भएता पनि, यस बिरुवाले वातावरणमा ‘अक्सिजन’ र ‘कार्बन डाइअक्साइड’ सन्तुलित राख्नका लागि महत्त्वपूर्ण भूमिका खेल्छ।

प्रकाशित : बिहिबार, माघ ०९, २०७६१४:०९

हाँसले भोको माछालाई आफ्नो चुच्चोमा दबाएर दाना खुवाए पछि, भाइरल भयो भिडियो!