मेष राशि:
भोलिको दिन, भाग्यले तपाईलाई साथ नदिएको जस्तो महसुस होला। काममा सफलता चाँडै प्राप्त नहोला, तर दिउँसोको समय पछि स्थितिमा सुधार आउने देखिन्छ। पारिवारिक जीवनमा रमाइलो वातावरण रहनेछ। तपाईको कामबाट माथिल्लो अधिकारी हुने देखिन्छ। पदोन्नतीको पनि सम्भावना रहेको छ। आर्थिक योजना अनुसार लाभ हुने देखिन्छ।
वृष राशि:
शारीरिक स्वास्थ्यमा नकारात्मक असर पर्ने योग हुदा, आफ्नो स्वास्थ्यको हेरचाह गर्नुहोला। भोलि कुनै पनि नयाँ कामको सुरुवात नगर्नुहोला। खान-पानमा ध्यान दिनुहोला। व्यावसायिक क्षेत्रमा पनि केहि चुनौतीको सामना गर्नु पर्ला। उच्च अधिकारीहरुसंगको बहस तथा प्रतिस्पर्धीबाट बच्नुहोला। काममा सफलता प्राप्त गर्न ढिलाइ हुने योग रहेको हुदा धैर्यका साथ काम गर्नुहोला।
मिथुन राशि:
भोलिको दिन मिथुन राशिका लागि निकै रोमाञ्चक हुने देखिन्छ। यात्राको योग रहेको छ। राम्रो खाना र राम्रो पोशाक उपलब्ध होला। खर्चमा वृद्धि हुने देखिन्छ। अनैतिक र निषेधित कार्यहरुबाट टाढा रहनुहोला। साझमा मन बिचलित हुने देखिन्छ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला।
कर्कट राशि:
व्यवसायिक स्थल वातावरण अनुकूल रहने देखिन्छ। शुभ समाचार पाउने योग रहेको छ। परिवारमा खुसी छाउने छ। प्रतिस्पर्धीहरुबाट पनि निकै लाभ हुने देखिन्छ। स्वास्थ्यमा पनि सुधार होला। सामाजिक कार्यमामा मन जानेछ। साझेदारी व्यवसायमा पनि लाभ हुने देखिन्छ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ।
सिंह राशि:
भोलिको दिन प्रेमको लागि निकै अनुकूल देखिएता पनि आफ्नो क्रोधलाई भने नियन्त्रणमा राख्नुहोला। स्वास्थ्यमा केहि समस्याहरु देखा पर्नसक्ला। परिवारमा रमाइलो वातावरण रहनेछ। मानसिक रुपमा पनि खुशी महसुस हुने देखिन्छ। व्यवसायबाट निकै लाभ लिन सकिएला। साथीभाईहरुबाट सहयोग प्राप्त हुने देखिन्छ।
कन्या राशि:
भोलि, शारीरिक उर्जा तथा मानसिक उत्साहको अभाव हुने देखिन्छ। कुनै काम गर्दा निकै सावधानी अपनाउनु होला। आफ्नो रीसलाई नियन्त्रणलाई नियन्त्रणमा राख्नुहोला। धनहानि तिब्र संभावना रहेको छ। काममा सफलता नमिल्दा र सन्तानको चिन्ताले मन बिचलित हुने देखिन्छ। अध्ययनमा समय दिन नसकिएला।
तुला राशि:
नयाँ काम सुरु गर्नका लागि भोलिको दिन निकै शुभ रहेको छ। प्रिय व्यक्तिसँगको भेट यादगार हुनेछ। भाग्यवृद्धि हुने देखिन्छ। सामाजिक रुपमा मान-सम्मान प्राप्त होला। शारीरिक रुपमा भने अस्वस्थको महसुस हुने देखिन्छ। परिवारमा केहि चुनौतिहरुको सामना गर्नुपर्ला। सरकारी काममा निकै सावधान अपनाउनु पर्ने देखिन्छ।
वृश्चिक राशि:
निर्धारित कार्य पूरा नहुँदा निराशाको अनुभव हुनेछ। कुनै पनि महत्त्वपूर्ण कार्य वा निर्णय लिदा निकै सावधानी अपनाउनु होला। पारिवारिक समस्याले मन बिचलित हुने देखिन्छ। तर साझ पश्चात, परिवार तथा दाजुभाइ दिदीबहिनीका साथ समय राम्रो बित्ने छ। प्रतिस्पर्धीहरुबाट बिजय प्राप्त होला। शारीरिक र मानसिक रुपमा स्वस्थ रहन सक्षम हुनुहुनेछ।
धनु राशि:
भोलिको दिन धनु राशिहरुका लागि निकै शुभ रहनेछ। शारीरिक र मानसिक रुपमा उत्साहित र हंसमुख हुने देखिन्छ। प्रत्येक कार्य गर्न उत्साहित महसुस गर्नेछ। यात्राको पनि सम्भावना देखिन्छ। घर तथा व्यवसायिकमा कार्यभार रहने देखिन्छ। अत्यधिक तथा बेकार खर्चको योग रहेको हुदा द्यान दिनुहोला।
मकर राशि:
आफ्नो बोलीका कारण केहि चुनौतिको सामना गर्नुपर्ला। क्रोध कारण कसैसँग विवाद नहोस् भन्ने ध्यान दिनुहोला। चिन्ता बढ्ने देखिदा आफ्नो साथीभाईसंग समय बिताउनुहोला। साझा पश्चात भने आनन्द महसुस गर्ने देखिन्छ। पारिवारिक वातावरण पनि रमाइलो र शान्त रहनेछ। शुभ कामका लागि अवसर प्राप्त हुने देखिन्छ।
कुंभ राशि:
भोलिको दिन निकै लाभकारी साबित हुनेछ। सामाजिक क्षेत्रमा अधिक सक्रिय हुनुका साथै परिणाम स्वरुप प्रतिष्ठा पनि बढ्ने देखिन्छ। विवाहित जीवनमा पनि खुसि छाउनेछ। स्वास्थ्यका केहि समस्या देखा पर्ला। अधिक खर्च हुने योग रहेको हुदा, खर्च गर्दा निकै ध्यान दिनुहोला। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला।
मीन राशि:
तपाईद्वारा कुनै परोपकार कार्य हुने देखिन्छ। व्यापारमा उचित योजना मार्फत व्यापार वृद्धि गर्न सक्षम हुने देखिन्छ। काममा उच्च अधिकारीहरुले प्रशंसा गर्ला। व्यापारिक यात्राको योग रहेको छ। बुबा तथा मान्यजनको सर्सल्हाबाट निकै लाभ उठाउन सकिनेछ।परिवारजनको साथले नयाँ आशा जगाउनेछ। आय पनि बढ्ने तिब्र संभावना छ।