काठमाडौँ – वाग्मती प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ। सोनाम ल्होछारको अवसरमा प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने भएको हो।
तामाङ समुदायको मुख्य पर्वको रुपमा रहेको सोनाम ल्होछारको अवसरमा उपत्यकाका ३ जिल्लाबाहेक वाग्मती प्रदेशका अन्य जिल्लाहरुमा शुक्रबार सार्वजनिक बिदा हुनेछ।
सार्वजनिक बिदा केन्द्र सरकार मातहतका कार्यालयबाहेक वाग्मती प्रदेशभित्रका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा लागू हुने बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।
वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गरेको निर्णय अनुसार प्रदेशका सम्पूर्ण कार्यालयहरुमा सार्वजनीक बिदा हुनेछ। काठमाडौं उपत्यकाभित्र रहेका केन्द्र मातहतका कार्यालयहरुमा भने बिदा हुने छैन।
वाग्मती प्रदेशमा तामाङ समुदायको बाहुल्यता रहेको हुँदा सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।