टि ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा नेपालले सिधै ‘इन्ट्री’ पायो !

एजेन्सी – नेपालले सन् २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकपको लागि सोझैं ग्लोबल छनोटमा पुगेको छ । यसअघिको जसरी नेपालले अब एसिया रिजन बी र एसिया टि ट्वान्टी क्वालिफयार खेल्नु पर्ने छैन ।

अन्तर्राष्टिय क्रिकेट परिषद(आईसीसी) ले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै २०२० जनवरी १ सम्म उत्कृष्ट वरियतामा रहेका नेपाल सहित जिम्बावे, हङकङ र यूएईलाई २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकपको छनोट प्रक्रिया अनुसार स्वतः ग्लोबल छनोटमा स्थान दिएको हो ।

नेपाल आईसीसी वरियतामा १२ औं स्थानमा रहेको छ । जिम्बावे ११, युएई १५ र हङकङ २० औं स्थानमा रहेका छन् । ग्लोबल छनोट २०२१ मार्च र जुलाईमा हुने छ । त्यस्तै सन् २०२० अष्टेलियामा हुने टि ट्वान्टी विश्वकपका पुछारका चार टोलीले ग्लोबल छनोट खेल्ने छन् ।

क्षेत्रिय छनोट हुँदै आउने टोली गरी कुल १६ टोलीलाई दुई समुहमा विभाजन गरि प्रतिस्पर्धा गराइने छ । जसमा दुबै समुहका शीर्ष दुई दुई टोली विश्वकप खेल्न पाउने छन् । अष्ट्रेलियामा यसै वर्ष हुने टि ट्वान्टी विश्वकपका शीर्ष १२ टोलीले स्वत: आगमी वर्ष भारतमा हुने विश्वकप खेल्न पाउने छन् ।

ग्लोबल क्वालिफायर ४ र अष्ट्रेलियामा यसै वर्ष हुने टि ट्वान्टी विश्वकपको शीर्ष १२ टोली गरि कुल १६ टोलीबीच भारतमा टि ट्वान्टी विश्वकप हुने छ ।

प्रकाशित : बिहिबार, माघ ०९, २०७६१३:२५

लिभरपुलको अपराजित यात्रा कायमै, उपाधि यात्रामा बलियो पकड !