मालदीपमा तारा सुतारियाको यस्तो हटनेस, तस्विर!

एजेन्सी, पछिल्लो समय बलिउडमा  स्टार किडको अभिनय देख्न  पाइरहेका छौ । तर यस्ता थुप्रै स्टारहरु छन् जसले आफ्नै मेहनतले  बलिउडमा कदम राखे । तारा सुतारिया पनि  त्यही  अभिनेत्री मध्ये  एक हुन जसले  फिल्म ‘स्टूडेन्ट  अफ द ईयर २ ‘ बाट बलिउडमा डेब्यू  गरिन र फिल्मपछि उनको अभिनयलाई निकै चर्चा मिल्यो  ।

पहिलो फिल्मपछि उनलाई लगातार  फिल्म मिलेको छ  । अहिले केहि समय ब्रेक लिएर उनी मालदीवमा होलिडे मनाईरहेकी छन्। यसको जानकारी उनि आफैले  सोशल मिडिया मार्फत दिएकी हुन्  ।

उनले  इंस्टाग्राममा आफ्नो केहि ह’ट तस्विर शेयर गरेकी छन् ।  जसमा ताराले ब्ल्याक कलरको मोनोकनी लगाएकी  छन् । सोशल मिडियामा यस  जमेर  भाइरल भएको छ। साथै यसमा उनको फ्यानले जमेर कमेन्ट गरिरहेका छन् ।

दोस्रो तस्विरमा  उनले स्विमिंग पूलको  बीचमा  सबैभन्दा सुन्दर पललाई इन्जोय  गरिरहेकी छन् । तारा सुतारियाको  कामको कुरा गर्दा उनले बाल-कलाकारको रुपमा पनि काम गरिसकेकी छन् । तर अभिनेत्रीको पहिलो फिल्म ‘स्टुडेन्ट अफ  द ईयर’ थियो । जुनमा उनी बाहेक अनन्या  पाण्डे र  टाइगर श्राफ  मुख्य भूमिकामा थिए । उनको यो फिल्म बक्स अफिसमा हिट  रहेन । उनको फिल्म  फिल्म मरवाजां पनि खासै चलेन तर उनको अभिनय भने दर्शकलाई मनपर्यो ।

प्रकाशित : शुक्रबार, माघ १०, २०७६१२:०२

‘अर्जुन रेड्डी’ का नायकले गरे यस्तो सनसनीपूर्ण खुलासा!