‘अर्जुन रेड्डी’ का नायकले गरे यस्तो सनसनीपूर्ण खुलासा!

चलचित्र ‘अर्जुन रेड्डी’ मा  विजय देवरकोंडाको साथीको भूमिका निभाएका अभिनेता राहुल रामकृष्णाको  एक सनसनीपूर्ण खुलासाले  तेलुगू फिल्म इंडस्ट्रीमा उनको फ्यान छक्क परेका छन्  । राहुलले एक पछि अर्को  ट्वीट्मा  खुलासा गरेका छन् कि उनलाई बाल्यकालमा रे’प भएका थियो  । राहुलको यस बयानको कारण  उनको चर्चा भईरहेको छ ।

राहुलले आफ्नो पहिलो  ट्वीटमा लेखेका छन्, ‘ बाल्यकालमा मेरो रे’प भएको थियो । मलाई थाहा थिएन कि यस बारेमा म के भन्न सक्छु । मलाई लाग्छ कि जिन्दगीमा निकै खालीपन हुन्छ । म यस घटनालाई आफ्नो जिन्दगीको एक ब्ल्याक होल मान्छु। यो द’र्दनाक रहेको छ । तपाई एक दागसँग एक  योद्धा बन्नुहुनेछ  । म आफुमा भएको क्रा’इमसँग जिईरहेकी छु । यसमा कहिले पनि मैले  न्याय पाउने छैन ।’

राहुलको यस ट्वीटपछि सबै  सेलिब्रेटीको  रियाक्शन आउन सुरु  भएको छ । प्रियदर्शीले लेखिन्  ,”यदि मैले कोसिस गरे भने पनि कहिले  त्यो पिडा बुझ्न सक्दिन । तर मात्र यति भन्न चाहन्छु कि बलियो रहनुहोस । तपाई हरेक नराम्रो कामबाट बाहिर आउनुहुन्छ र यस क्षमता अनुसार सबैभन्दा राम्रो तरिकाले सम्हाल्नु हुन्छ । तपाई  एक फाइटर हुनुहुन्छ ‘

राहुलले   ‘अला वैकुंटपुरम लो’, ‘ची ला साओ’, ‘भारत अने नेनू’, ‘शीशमहल’, ‘गीता गोविंदम’ र ‘मिठाई’ जस्ता फिल्ममा काम गरेका छन् । विजय देवरकोंडाको फिल्म ‘अर्जुन रेड्डी’ बाट राहुललाई निकै पहिचान मिल्यो । यो  फिल्म ब्लकबस्टर रह्यो ।

प्रकाशित : शुक्रबार, माघ १०, २०७६१२:५६

दीपक मनाङे अझै दुई दिन हिरासतमै !