टाइगर श्राफको चलचित्र ‘बागी ३’ को शुटिङ सुरु भइसकेको छ। स्रोतका अनुसार, ज्याकी श्राफ पनि यस फिल्ममा देखा पर्ने भएको छ, र खबरका अनुसार ज्याकी श्राफ यस फिल्मको शुटिंगमा निकै व्यस्त छन्। यदि यो खबर सत्य हो भने, यो पहिलो पटक हुनेछ जब टाइगर श्राफ र उनका बुबा ज्याकी श्राफ एक साथ ठूलो पर्दामा देखा पर्नेछन्।
रिपोर्टका अनुसार, निर्देशक ‘अहमद खान’को फिल्ममा ज्याकी र टाइगरले, बुबा र छोराकै भूमिकामा खेल्ने भएको छ । फिल्ममा टाइगरका साथ अभिनेता ‘रितेश देशमुख’ पनि देखा पर्नेछन्। त्यसै गरि, ज्याकी एक पुलिसको चरित्रमा देखिनेछन्।
‘मुम्बई मिरर’को एक रिपोर्टले दावी गरेको छ कि, चलचित्रका निर्माता ‘साजिद नाडियाडवाला’ले उनलाई बताए कि ज्याकीले २० जनवरी देखि शूटिंग शुरू गरिसकेका छन्। उनका अनुसार, बुबा र छोराको पहिलो पटक सँगै अभिनय गरेको हेर्न सबैजना अत्यन्तै व्याकुल थिए।
साजिदले भने कि, ‘टाइगरको डेब्यूको ६ बर्ष पछिसम्म पनि कसैले पनि यस जोडीलाई सँगै ल्याउन सकेका थिएनन्। किनकि, राम्रो स्क्रिप्ट नभेटिएसम्म दुबैलेसंगै काम नगर्ने भनेका थिए। तर, अब यी दुबै कलाकारलाई एक साथ देखेपछि दर्शकहरु पक्कै खुशी हुनेछन्’।