काठमाडौँ – प्रतिनिधिसभाको सभामुख पदका उम्मेदवार सत्तारूढ नेपाल कम्युनिष्ट नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
ह-त्या मुद्दा खेपिरहेका व्यक्तिलाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो। रिट अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेका हुन्।
रिट दायर गर्दै अधिवक्ता दिनेश त्रिपाठीले सभामुख निर्वाचित गर्नको लागि हाल अगाडी बढेको निर्वाचन प्रक्रिया समेत रोक्न माग गरेका छन्। सापकोटालाई पक्राउ गरी अनुसन्धान गर्न पनि माग गरिएको छ। त्रिपाठीले दायर गरेको रिटको पेशी आइतबारको लागि तोकिएको छ।
सापकोटालाई सभामुख बनाउन लागिएको भन्दै केहि दिन अगाडी माइतीघर मण्डलामा प्रदर्शन समेत भएको थियो। सापकोटालाई सभामुख बनाए आफूहरुको अपमान हुने द्वन्द्वपीडितहरुले बताउँदै आएका छन्। सर्वोच्च अदालतमा मुद्दा चलिरहेका व्यक्तिलाई सभामुख बनाउन नहुने द्वन्द्वपीडित तथा नागरिक समाजको माग छ।
काभ्रे छत्रेबाँझका अर्जुन लामाको २०६२ सालमा तात्कालिन माओवादीले अ-पहरण पछि ज्यान लिएको थियो। अ-पहरण गरिएका लामाको शव दुई महिनापछि काभ्रे बुढाखानीमा गाडिएको अवस्थामा फेलापरेको थियो।
सोहि घटनाको आरोपमा सापकोटा विरोद्ध मुद्दा चलिरहेको छ। हाल उक्त मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासले हेरिरहेको छ।