एन्फा कास्की अध्यक्ष गुरुङ पनि पक्राउ ! मनाङेले कुट्नु अगाडी मच्चाएका थिए यस्तो काण्ड…

पोखरा –गण्डकी प्रदेशका सांसद दीपक मनाङेको नामले परिचित राजीव गुरुङ पक्राउ परेको भोली पल्ट शुक्रबार अखिल नेपाल फुटबल संघ –एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन् ।

एन्फा अध्यक्ष गुरुङको उजुरीका आधारमा प्रहरीले बिहीबार सांसद मनाङेलाई पक्राउ गरेको थियो । एन्फा अध्यक्ष गुरुङ भने बैंकिङ कसुरमा गैरा पाटनबाट पक्राउ परेको कास्की जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन् । ओम गौरा जोस्तेल प्रालिका हरि भक्त आचार्यको जहेरीमा प्रहरीले एन्फा कास्कीका अध्यक्ष गुरुङलाई पक्राउ गरेको हो । गुरुङविरुद्ध क्रियटिभ अवार्ड हाउसका सन्चालक रामकृष्ण पौडेलले पनि उजुरी दर्ता गराएका थिए।

एन्फा अध्यक्ष बनेदेखि नै मिलन गुरुङ विवादमा पर्दै आएका छन् । आइतबार गुरुङले पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक पौडेलमाथि हातपात गरेका थिए । गुरुङले भने तोकिएभन्दा बढी मूल्यमा सामान बेचिरहेको र त्यसबारे कुरा राख्दा पसल धनी पौडेलले आइलाग्न खोजेपछि आफूले प्रतिवाद मात्र गरेको दाबी गरेका थिए । पौडेलले भने गत वर्ष एन्फा कास्कीले नै सञ्चालन गर्ने मनकामना केबुलकार कपको करिब १२ लाख रुपैयाँ बक्यौता रहेको र रकम माग गर्दा आफूमाथि जाइलागेको बताएका थिए।

गुरुङले हालै मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेदकुद (साग) अन्तर्गत पोखरामा भएको खेलमा पनि प्रदेश सांसद मोहन रेग्मीसँग झगडा गरेका थिए । सागमा खटिएका प्रहरीले नै उनीहरुलाई छुट्याउनु परेको थियो । एन्फा कास्कीले गर्दै आइरहेको मनकामना केबुलकार कपमा पनि हिसाबकिताब नदेखाएको र १ वर्षसम्म हिसाब बक्यौता राखेको भन्दै गुरुङ विवादमा तानिदै आएका छन् । अहिले मुख्यमन्त्री कपका विषयमा गण्डकी सांसद दीपक गुरुङ र एन्फा कास्कीका अध्यक्ष गुरुङबीच विवाद सुरु भएको थियो ।

प्रकाशित : शुक्रबार, माघ १०, २०७६१०:३७

डर्टमण्डको सानदार जित: फेरी चम्किए हालान्ड, मैदान प्रवेश गरेको १३ मिनेटमै गोल !