नेपालमा आइपुग्यो काेराेना भाइरस, सतर्क हुन आग्रह !

काठमाडौँ – नेपालमा पनि कोरोना भाइरस आइपुगेको पुष्टि भएको छ। चीनबाट आएका केहि व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएकाे पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालमा वरिष्ठ स्वास्थ्य प्रशासक सागर दाहाललगायतको उपस्थितिमा आयोजित एक पत्रकार सम्मेलनको क्रममा कोरोना भाइरस नेपाल आइपुगेको जानकारी गराइयो।

हालसम्म तीन जनामा कोरोना भाइरसकाे संक्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना भाइरसकै संक्रमण भएका अन्य दुईलाई सहित तीनजनालाई त्रिभुवन विमानस्थलमा राखिएकोे बताइएको छ।

“चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हालल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ”,मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ।

चीनको कोरोना भाइरस नेपाल आइपुग्यो: कस्ता हुन्छन् लक्षण, बच्न के गर्ने ? [जानकारी सहित]

कोरोना संक्रमण बारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विस्तृत अध्ययन गरिरहेको स्वास्थ्य मन्त्रालयको भनाई छ। कोरोना भाइरस संक्रमणको उपचारका लागि मन्त्रालयले शुक्रराज सरुवा रोग अस्पताल टेकु र पाटन अस्पताललाई तयारी अवस्थामा राखेको छ। कोरोना भाइरसबाट जोगिन स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

कोरोना भाइरसको संक्रमण रोक्न सार्वजनिक लगायतका यातायात बन्द

बेइजिङ – कोरोना भाइरसको सङ्क्रमणका कारण चीन सरकारले शुक्रबार यहाँका थप शहरहरुमा पनि यात्रा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ ।

सो भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या २६ पुगेपछि शुक्रबार नौ ओटा शहरमा यातायातलगायतका सेवा र आवतजावत पनि बन्द गर्ने निर्णय सरकारले गरेको चिनियाँ राजधानी बेइजिङबाट पं्राप्त समाचारमा जनाइएको छ ।

शुक्रबार बिहानसम्म यस भाइरसका कारण प्रभावित भएका भनिएका चीनका नौ ओटा शहरुमा सार्वजनिक यातायातको आवतजावत रोक्नुका साथै मानिसहरुका अत्यावश्यक बाहेकका सेवाहरु पनि रोकेको छ ।

अधिकारीहरुले यहाँका ३ करोड २० लाख व्यक्ति प्रभावित भएको चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
हुबेई प्रान्तमा जिङ्गजोउ अधिकारीहरुका अनुसार शहरबाट छुट्ने सबै रेल सेवाहरु शुक्रबार बिहानबाट बन्द भएका छन् । त्यसैगरी सार्वजनिक बस, यातायातका अन्य साधनहरु, पर्यटन बस, डुङ्गा आदिलाई अस्थायी रूपमा सञ्चालन पनि रोकिने बताइएको छ ।

यसरी सार्वजनिक सवारीमा लगाइएको यस किसीमको प्रतिबन्धबाट करिब ३ करोड २० लाख व्यक्ति पनि प्रभावित भएका प्राप्त समाचारमा जनाइएको छ ।
कोरोना भाइरस सङ्क्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो । हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएकोले पशुबजारमा पनि कडा नियम गरिएको छ ।

वुहान शहरका हाल ८ सय ३० व्यक्ति यस भाइरसबाट सङ्क्रमित भएका राष्ट्रिय स्वास्थ्य विभागले जनाइएको छ ।
चीनका विभिन्न २५ प्रान्तमा यो भाइरसको सङ्क्रमण फैलिएको छ । तर बढी प्रभावित भएका भनिएका हुबेइ प्रान्तका नौ ओटा शहरमा यस्तो किसीमको प्रतिबन्धको घोषणा गरिएको बताइएको छ ।

ती शहरका स्थानीय प्रशासनले जङ्गली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिइएको हो । यस भाइरसबाट हुबेई प्रान्तमा नै बढी व्यक्तिको ज्यान गएको छ ।

यस भाइरसबाट ज्यान गुमाउनेहरु मध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेका पनि जनाइएको छ । यो सङ्क्रमणको संख्यामा करिब पाँच हजार ९०० जनालाई उपचारार्थ भर्ना गरिएको थियो । यी मध्ये १७७ व्यक्तिको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यद्यपी यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् । चीनको वुहानको जनसङ्ख्या भन्डै एक करोड रहेको छ । त्यसैले उक्त सङ्क्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि बताइएको छ ।

गत बुधबार प्राप्त एक समाचारमा अमेरिकाको सियाटलमा एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको अमेरिकी अधिकारीले जनाएका छन् । चीनको हुबेइबाट केही दिनअघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको सङ्क्रमण भेटिएको हो ।

त्यसैगरी जापानको राजधानी टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन् ।

दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा पनि यस सङ्क्रमणका एक–एक जना भेटिएका छन् ।
चीनका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यस प्रकोपबाट अहिलेसम्ममा २६ जनाको ज्यान गएको बताएका छन् ।

प्रकाशित : शुक्रबार, माघ १०, २०७६१३:१९

श्रीमान्बाट कुटिएकी पूजाको अवस्था दयनीयः उपचारका लागि रकम अभाव