चीनको कोरोना भाइरस नेपाल आइपुग्यो: कस्ता हुन्छन् लक्षण, बच्न के गर्ने ? [जानकारी सहित]

काठमाडौँ – चीनको हुआन राज्यमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमण नेपाल आइपुगेको पुष्टि भएको छ। कोरोना भाइरस संक्रमण नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।

स्वास्थ्य मन्त्रालयका अन्सुअर चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। “चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हालल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ”,मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ।+

नोवेल कोरोना भाइरस संक्रमणको जोखिममा रहेको नेपालमा संक्रमण आइपुगेको पुष्टि भएसँगै मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ।

कस्ता हुन्छ कोरोना भाइरसको लक्षण?

कोरोना भाइरसको संक्रमणले ज्योरो ज्वरो आउनुका साथै खोकी लाग्ने हुन्छ। श्वास–प्रश्वासमा गार्हो हुनुका साथै स्वाँ-स्वाँ हुने चिकित्सकहरुले बताएका छन्। कोरोना भाइरसको समयमा उपचार हुन नसके निमोनियाको खतरा समेत रहन्छ। यस भाइरसकै कारण सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम अथवा श्वास–प्रश्वास सम्बन्धि गम्भीर समस्या साथै मिर्गौलाले काम गर्न छाड्दा ज्यान समेत जान सक्ने चिकित्सकहरु बताउँछन्।

कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने ?

कोरोना भाइरसको संक्रमणबाट बच्न संक्रमण फैलिएको स्थान तथा संक्रमण भएका व्यक्तिबाट टाढा रहनुपर्ने हुन्छ। संक्रमणबाट बच्न खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने तथा नियमित रुपमा हात सफा गर्नुपर्ने चिकित्सकहरु बताउँछन्। खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्न प्रयोग गरिएको कपडा अथवा अन्य वस्तु दोहोर्याएर प्रयोग नगर्न पनि चिकित्सकहरुको सुझाव छ।

कोरोना भाइरसको संक्रमण भएको शंका लागेको तत्काल अस्पताल जाँदा उचित हुन्छ।

प्रकाशित : शुक्रबार, माघ १०, २०७६१३:५७

कोरोना भाइरस: छिट्टै मिर्गौला फेल, कलेजोमा बढी असर ! संक्रमणबाट बच्न के गर्ने ? यसो भन्छन् डाक्टर