आर्थिक रुपमा सन् २०२० यी ३ राशि हुनेहरुलाई धेरै शुभ !

नयाँ वर्ष २०२० ले प्रत्येक राशिका व्यक्तिहरुका लागि केही नयाँ, राम्रो र रोमाञ्चक परिवर्तन ल्याएको छ।  विगतमा, जो व्यक्तिहरुले निकै कडा परिश्रम गरेका थिए, उनीहरुले यस वर्ष सुखद परिणाम पाउँनेछन्।  आर्थिक मामलामा सन् २०२०भर यी तीन राशिहरु भाग्यशाली रहेका छन्।

वृष राशि: पाउनेछन् मिहेनतको फल

वृष राशिका व्यक्तिहरु निकै रचनात्मक, साहसी र नयाँ विचारहरूको मामलामा महत्वाकांक्षी हुने गर्दछन्। यीनै गुणहरुका कारण, वर्ष २०२०मा उनीहरुलाई शीर्ष स्थानमा पुग्न मद्दत गर्नेछ। वृष राशिका व्यक्तिको कडा परिश्रमका कारण यस बर्ष, उनीहरुले राम्रो परिणाम पाउनेछन्। पैसालाई लिएर सानो विवाद हुन सक्ने योग हुदा, वृष राशिका व्यक्तिहरुले निकै सचेत भने हुनुपर्ने देखिन्छ।

कन्या राशि: भविष्यको लागि उत्तम मार्ग छनौट गर्नेछ

कन्या राशिका व्यक्तिहरु, अरु राशिहरु भन्दा निकै निर्धारित र मेहनती हुने गर्छन्। कन्या राशिका व्यक्तिहरु कामको हिसाबले कहिल्यै पछि हट्दैनन्। कामको प्रति उनीहरुको वफादारी र समर्पणका कारण, यस बर्ष उनीहरुको कौशलतालाई सबैले बुझ्नेछ र पदोन्नति पनि हुनेछ। भाग्यका ताराहरुले संकेत गर्दैछन् कि यस वर्ष, वृष राशिका व्यक्तिले पैसाको मामलामा राम्रो प्रगति गर्नेछन्।

मीन राशि: गर्नेछन् निकै प्रगति

मीन राशिका व्यक्तिहरु कामको चाहना र सकारात्मक परिणामको इच्छाका लागि निकै परिचित छन्। तर बिगत केहि समयदेखि, यी राशिका व्यक्तिहरुको काम तथा भविष्य सही दिशामा गइरहेको देखिदैन। तर चिन्ता नलिनुहोस्, यस वर्ष मीन राशिहरुका भाग्य परिवर्तन हुनेछ।संगठित स्थिति र संगठनात्मक गुणहरुले गाह्रो समयबाट छुटकारा दिलाउन र भविष्यका लागि सही दिशा देखाउन मद्दत गर्नेछ।

प्रकाशित : शनिबार, माघ ११, २०७६१३:५५

ग्रहचक्रमा ठूलो परिवर्तन : कुन राशिलाई कस्तो ? हेर्नुहोस् !