एजेन्सी – एक व्यक्तिले भर्खरै जन्मिएका मुसाका बच्चा जिउँदै खाइरहेको भिडियो सामाजिक संजालमा देखा परेको छ। धेरैनै दिक्कलाग्दो उक्त भिडियोमा एक व्यक्ति जिउँदा मुसाका बच्चालाई ससमा चोपेर खाइरहेका देखिएका छन्।
भिडियोमा देखिएअनुसार, ती व्यक्ति वाइन पिउन मुसाका बच्चालाई सित्तन बनाइरहेका छन्। चपस्टिकले ओल्टाई-पल्टाई जिउँदा मुसाको बच्चालाई खाइरहेको उक्त भिडियो धेरैलाई घिनलाग्दो लाग्न सक्छ।
अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार भिडियो भिडियो कहाँको हो भन्ने एकिन भैसकेको छैन। यधपी भिडियो दक्षिण-पूर्वी चीनको हुन सक्ने अनुमान गरिएको छ।
दक्षिण-पूर्वी चीनको गुआंग्डोंग क्षेत्रमा जिउँदा मुसाका बच्चालाई खानाको परिकारको रुपमा लिने गरिन्छ। जसकारण भिडियो सोहि क्षेत्रकै हुन सक्ने अनुमान गरिएको हो। जिउँदा मुसाका बच्चालाई एक प्रकारको ससमा चोपेर खाने उक्त परिकारलाई ‘थ्री स्क्विक्स’ भन्ने गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरु बताउँछन्।
चीनमा कोरोना भाइरल फैलिएको विषयमा विश्वभरको ध्यान केन्द्रित भएको अवस्थामा यो भिडियो भाइरल भएको हो। भिडियो सन् २०१८ को भएता पनि उक्त भिडियो अहिले आएर भाइरल भएको छ।
भिडियो भाइरल भएसँगै धेरै सामाजिक संजाल प्रयोगकर्ताहरुले जिउँदा मुसा खाँदा भाइरल सर्न सक्ने विषयमा टिप्पणी गरेका छन्। यसरी जिउँदा जनावर खाँदा सिधै मानिसहरुमा घातक भाइरसहरु सर्ने धेरैको बुझाई छ।