सन्दीपको घातक बलिङ : टि ट्वान्टीमा विकेट सङ्ख्या ९९ पुग्यो !

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट ब्रिसबेन हिटविरुद्ध घातक बलिङ गरेका छन् ।

टस जितेर ब्याटिङ गरि रहेका हिटविरुद्ध सन्दीपले ४ ओभरमा मात्रै १६ रन खर्चेर १ विकेट लिए । यो सँगै सन्दीपको टि ट्वान्टीमा विकेट सङ्ख्या ९९ पुगेको छ । ऐतिकासिक एक सय विकेटको लागि सन्दीप एक विकेट टाढा रहेका छन् ।

सन्दीपले सातौं ओभरमा मात्रै ३ रन दिए । पहिलो बलमा बेन कटिङलाई डट राखेका सन्दीपले दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा क्रिस लिन र चौथोमा कटिङलाई एक एक रन दिए । पाँचौ र छैटौं बलमा लिनलाई कुनै रन दिएनन् ।

नवौं ओभरमा पनि सन्दीपले उत्कृष्ट बलिङ गरे । पहिलो बलमा एबी डि भिलियर्सलाई एक रन दिए । दोस्रो र तेस्रो बलमा क्रिस लिनलाई रन दिएनन् । चौथो बलमा एक रन दिदा पाँचौ बल डट राखे । अन्तिम बलमा एक रन दिए ।

१२ औं ओभरमा सन्दीपले पहिलो बलमा डी भिलियर्सलाई एक र दोस्रो बलमा लिनलाई २ रन दिए । तेस्रो बल डट राखेका सन्दीपले चौथो बलमा लिनलाई निक लरर्किनबाट ३४ रनमा क्याच आउट गराउँदै आफ्नो टि ट्वान्टी विकेट सङ्ख्या ९९ पुर्याए ।

अन्य दुई बलमा एक एक रन दिए । सन्दीपले १४ औं ओभरमा ५ रन खर्चिदा विकेट लिन सकेनन् । हिटले १४.४ ओभर सम्म १ सय १४ रन बनाउँदै ३ विकेट गुमाएको छ ।

प्रकाशित : शनिबार, माघ ११, २०७६१०:४९

वेस्ट इन्डिजका अलराउन्डर स्मिथले इपिएल खेल्ने