काठमाडौं– वेस्ट इन्डिजका स्टार अलराउन्डर ड्वेन स्मिथ आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्याडियटर्सबाट खेल्ने भएका छन् ।मध्यगतिमा बलिङ गर्ने उनी शीर्षक्रमका ब्याट्सम्यान हुन् । स्मिथले १० टेष्ट, १ सय ५ ओडीआई र ३३ टि ट्वान्टी आई खेलेका छन् । टि ट्वान्टीमा उनले ५ सय ८२ रन बनाउनुको साथै ७ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रर्दशन सन् २०१४ को टि ट्वान्टी विश्वकपमा बंगलादेशविरुद्ध ७२ रन छ । जुन खेलमा उनी म्यान अफ द म्याच चुनिएका थिए । स्मिथ आफु इपिएलमा भैरहवाबाट खेल्न लागेको सामाजिक सञ्चालमार्फत पनि जानकारी दिएका छन् । आगमी संस्करणको इपिएलमा ठूला नाम आउने क्रम जारी छ । दक्षिण अफ्रिकाका पुर्व कप्तान हसिम अमलाले पनि इपिएल खेल्ने पक्का भएको छ । इपिएल चैत्रमा हुने छ ।यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुवुदु दासानायके भैरहवाको प्रशिक्षकमा नियुक्त भएका थिए । सन् २०११ मा पुबुदु नेपाली टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए । उनको प्रशिक्षकमा नेपालले डिभिजन ४, ३, २ को उपाधि जित्नुका साथै २०१४ को टि२० विश्वकप पनि खेलेको थियो । जुन विश्वकपलाई नेपाली क्रिकेटकै इतिहासकै सर्वाधिक ठूलो सफलता मानिन्छ । क्यानको बारम्बार आन्तरिक किचलोको कारण पुवुदुले आफ्नो भविष्य नदेखेपछि सन् २०१५ को प्रशिक्षक पद छाडेर अमेरिका गएका थिए । पुवुदुले केहि महिना अघि मात्रै अमेरिकाको प्रशिक्षक पद पनि छाडेका छन् ।
वेस्ट इन्डिजका अलराउन्डर स्मिथले इपिएल खेल्ने
प्रकाशित : शनिबार, माघ ११, २०७६१३:२२