भद्रपुर – साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पाेरेशन( एमसिसी ) परियोजनालाई संसद्बाट अनुमोदन हुनुपर्ने धारणा राखेका छन् ।
झापाको धुलाबारीमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा उनले एमसिसी परियोजना मुलुकको हितमा रहेको हुँदा यसलाई गुमाउन नहुने बताए ।
परियोजनाका केही बुँदाका विषयमा उत्पन्न अन्योललाई संसद्बाट अनुमोदन हुनुपूर्व परियोजनाका दुवै पक्षबीच भद्र सहमति मार्फत स्पष्ट पार्न अध्यक्ष मिश्रले माग गरे ।
एमसिसी प्रस्ताव राष्ट्रिय हितअनुसार अघि बढ्नेछ : अध्यक्ष दाहाल
कास्की – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) प्रस्ताव परिमार्जन गर्न सकिने बताएका छन् ।
नवलपुरको दलदलेमा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले एमसिसी प्रस्ताव परिमार्जन गरी राष्ट्रिय हितका लागि सर्वोपरि राखेर मात्रै अगाडि बढाइने बताएका हुन् ।
अन्य मुलुकमा एमसिसी प्रस्तावमा सैन्य रणनीति अघि सारेकाले विवाद भएको भन्दै उनले नेपालमा त्यस्तो विवादित अवस्था नआउने बताए । अमेरिकी दूतावासबाट १० बुँदे स्पष्टीकरण आएको बताउँदै अध्यक्ष दाहालले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर मात्रै अघि बढ्ने स्पष्ट पारे ।
भारत सरकारले नेपालको लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा गाभेर प्रकाशित गरेको नक्साले नयाँ विवाद सिर्जना गरेको बताउँदै नवलपरासीको सुस्ता र कालापानी क्षेत्रको विवादलाई दुवै देशले समाधान निकाल्ने बताए ।
देशको भूमि फिर्ता ल्याउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक व्यक्तित्वबीच एउटै मत रहेकामा खुशी व्यक्त गर्दै अध्यक्ष दाहालले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई सदैव संरक्षण गर्ने पार्टीको प्रमुख दायित्व रहेको स्पष्ट पारे ।