पोखरा एयरपोर्टबाट गो’लीसहित जितु शाही पक्राउ!

सांकेतिक तस्विर।

काठमाडौँ, माघ १२। पोखरा विमानस्थलबाट राइफलमा प्रयोग हुने २९ राउन्ड गो’ली सहित एक जनालाई पक्राउ गरिएको छ । यति एयरलाइन्सबाट काठमाडौँ   जान लागेको पोखरा– २७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई आज बिहान उक्त गो’लीसहित प्रहरीले पक्राउ गरिएको हो ।

शाहीले बोकेको झोला एक्स–रे मेसिनले जाँच गर्ने क्रममा २२ विओआर रा’इफलमा प्रयोग हुने गो’ली भेटिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार गो’लीसहित निजलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

कर्णाली उत्सव : ‘कुडा कर्णालीका’
कर्णाली प्रदेशमा १० जिल्ला भए पनि कर्णालीवासी ११ जिल्ला छन् भन्ने ठान्छन् । उनीहरुको तर्क छ, “कर्णालीका आदिवासी राउटेको आफ्नै जिल्ला छैन । राउटेको निश्चित भूगोल छैन । त्यसैले फिरन्ते राउटे समुदायसहितको ११ जिल्ला हो, कर्णाली ।”

फागुन दोस्रो सातादेखि शुरु हुने कर्णाली उत्सवमा ‘कर्णालीका ११ जिल्ला’ भन्ने एउटा सत्र पनि समेटिनेछ । सत्रमा दक्षिण एशियाकै लोपोन्मुख फिरन्ते जाति राउटे सभ्यताका साथै समग्र कर्णालीको भाषा, साहित्य, कला, संस्कृति र सभ्यतामाथि साङ्गोपाङ्गो बहस हुनेछ । कर्णालीका विविध क्षेत्रको बहस र सवाल उठानका लागि तीन दिनसम्म सञ्चालन हुने ‘कर्णाली उत्सव’मा केन्द्रित ‘कुडा कर्णालीका’ को मूल आयोजक ऋति फाउन्डेशन हुनेछ ।

उत्सवमा तीन वटा मूल शीर्षक समेटिनेछन् । पहिलो दिन ‘कर्णालीका बेला’, दोस्रो दिन ‘कर्णाली कोट्याउ’ र तेस्रो दिन ‘मान्ठा जुर्मुराउँछन्’ । यि तीनै मूल शीर्षकअन्तर्गत विभिन्न विषयमा बहस थालिनेछ । उत्सवले उठान गर्ने बहसभित्रका विषयवस्तुलाई आज फाउन्डेसनले पत्रकार भेटघाटमार्फत जानकारी गराएको छ ।

आयोजक फाउन्डेसनका संस्थापक सदस्य रेशम विष्टले कर्णालीको भाषा, संस्कृति, सभ्यता र पुरातत्वको उत्खननका लागि बहस सिर्जना गराउने उद्देश्यले कर्णाली उत्सवको आयोजना गर्न लागिएको बताउनुभयो । कर्णाली उत्सवले कला, साहित्यको प्रवद्र्धन गर्ने मात्र नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई उचाइ दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“साहित्य र संवादलाई एकैसाथ प्रवद्र्धन गरिरहेको उत्सवले कर्णालीमा पर्यटनको सम्भावनालाई समेत ऊर्जा दिनेछ”, उहाँले भन्नुभयो । संस्थापक सदस्य विष्टका अनुसार यहाँका लामा, भोटेको हिमाली संस्कृति, खस आर्य, सुर्खेत उपत्यकाका थारु तथा जङ्गलमा फिरन्ते जीवनशैली गुजार्ने राउटे समुदायको भाषा, संस्कृति, रहनसहनलगायतका विषयमा वक्ता र दर्शक स्रोताबीच विचारविमर्श चल्नेछ ।

फाउन्डेसनका अर्का सदस्य दिनेश गौतमले उत्सवमा विभिन्न विधालाई समेटेर ‘कुडा कर्णाली’का नामक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । यसबाट प्रदेशको, सामाजिक, राजनीतिक, आर्थिक उन्नति, विकास र कला साहित्य, भाषा संस्कृतिको प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास गरिएको उहाँको भनाइ थियो ।

“कर्णालीको आर्थिक सम्भावनाको खोजी, सामाजिक अवस्थामाथि विमर्श तथा सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध मजबुत पार्दै सबै तहका सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो, “कर्णाली बुझ्ने र बुझ्न चाहनेका लागि उत्सव सन्दर्भ सामग्री जस्तै हो, जसले बौद्धिक मन्थन र वाक स्वतन्त्रतालाई प्रवद्र्धन गर्नेछ ।”

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले कर्णालीको विशेष पहिचान दिने मर्मका साथ हुन थालेको कार्यक्रम प्रदेशको सामाजिक, सांस्कृतिक, आर्थिक समृद्धिमा सहयोग पुग्ने तर्क गर्नुभयो । उत्सवले यसका चरित्र, विशेषता र कठिनाइका बारेमा पनि बोल्नेछ । प्रमुख सचिव भण्डारीले भन्नुभयो, “यसले यहाँको नेतृत्वको सोचाइमा पनि परिवर्तन ल्याउनेछ ।”

सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा सञ्चालन हुने उत्सव कर्णालीमै पहिलोपटक आयोजना हुन लागेको हो । साइकल ¥याली र देउडा खेलबाट कार्यक्रम उद्घाटन भएसँगै पहिलो सत्र शुरु हुनेछ, ‘कर्णालीका बेला’ शीर्षकमा । पहिलो सत्रमा सरकारका ‘तीन तह–बगाउन्या कर्णालीका वह’ र ‘खसका खासखुस’ विषयमा विमर्श चलाइने तथा सांस्कृतिक कार्यक्रम (थारु, भोटे, मयुर र हुड्के नाच) सञ्चालन हुनेछ ।

दोस्रो दिन ‘कर्णाली कोट्याउ’ अन्तर्गत ‘कालापहाडका तोडा’ (धनको थैलो), ‘कर्णाली क्यानाम घुमेर हेर्दा’, ‘कर्णालीका कला’, ‘संस्कार र समानता’, ‘दवाई देवता’, ‘भोक र भकारीमा’ शीर्षकमा बहस हुनेछ ।

त्यसैगरी उत्सवको तेस्रो दिन ‘मान्ठा जुर्मुराउँछन्’ अन्तर्गत ‘कसरी बन्छ कर्णाली ?’, ‘साहित्यमा कर्णालीको कथा’, ‘कर्णालीको ११औँ जिल्ला (राउटे)’, ‘खस विद्रोह र जागरण’, ‘इतिहास प्रदेश प्राप्ति र विकास’ जस्ता शीर्षकमा बृहत्तर बहस हुने आयोजक फाउन्डेसनले जनाएको छ ।

आयोजक संस्थाका अनुसार कार्यक्रमका लागि विभिन्न सङ्घसंस्था, विभिन्न तहका सरकारसँग समन्वय भइरहेको छ । उत्सवमा देशविदेशमा रहेका कर्णालीपे्रमी चर्चित साहित्यकार, कलाकार, लेखक, पत्रकार, खेलाडी, बुद्धिजीवी एवं विशिष्ट व्यक्तिलाई वक्ताका रूपमा आमन्त्रित गरिनेछ ।

कर्णालीका लेखक माधव चौलागाईंले विगतको कर्णालीको मौलिक इतिहासलाई उत्सवले कोट्याउने र कर्णालीको यथार्थ चित्र प्रस्तुत गर्ने जिकिर गर्नुभयो । उहाँका अनुसार यसले कर्णाली सरकारको नीति निर्माणमा सहयोग पुग्नुका साथै पर्यटन प्रवद्र्धन र समृद्धिमा सहयोग पुग्नेछ ।

फाउन्डेसनका संस्थापक सदस्य विष्टले उत्सवमा करिब १०० वक्ता हजारौँ दर्शक÷श्रोताको सहभागिता रहने बताउनुभएको छ । फाउन्डेसनले पछिल्लो तीन वर्षदेखि ‘हामी बोलौँ’, ‘अनि बाटो मोडियो’, ‘कर्णाली कचहरी’ जस्ता सार्वजनिक बहसका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित : आइतबार, माघ १२, २०७६१३:३९

खाना पकाइरहेकी अनिताको ज’लेर मृत्यु, श्रीमान पक्राउ!