नुहाउदै मोटर साइकल कुदाइरहेका यी व्यक्ति परे ट्राफिकको फन्दामा, नुहाएको जरिवाना ९००० (भिडियो सहित)

काठमाण्डौ।  संसारमा धेरै प्रकारका व्यक्तिहरु हुने गर्छन्। केहि व्यक्तिहरु आफ्नो जीवनलाई रोमाञ्चक बनाउन यस्तासम्म कार्यहरु गर्छन्, जसले गर्दा उनीहरु आफैं हाँसोको पात्र बन्ने गर्छन्। त्यस्तै एक घटना ‘दक्षिण भियतनाम’ मा बस्ने यी व्यक्तिहरुसंग पनि घटेको छ। एक व्यक्ति आफ्नो साथीसँग बाइकमा बसेर, सडकको बिचमै नुहाउन थाले। जब त्यस भिडियो सोशल मिडियामा भाइरल भयो, सबै मानिसहरु छक्क परे। तर जब त्यस भाइरल भिडियो पुलिस माझ पुग्यो,  तब पुलिसले त्यस बाइक चालकको पत्ता लगाए र उसलाई जरिवाना तिराए।

यस भिडियोमा, यी दुई व्यक्ति बाइक चलाउदै र बाइक मै बसेर नुहाउदै गरेका छन्।  उनिहरुले बाइकको सीटको बीचमा पानीले भरिएको एक बाल्टिन राखेका छन्। यस पछि, पछाडि बसिरहेको व्यक्ति चलिरहेको बाइकमा, आनन्दले नुहाउन थाले। अर्को बाइकमा सवार भएका बाइक चालकले यस घटनाको भिडियो पनि खिचे। जब रमाइलाका लागि बनाइएको यस भिडियो सोशल मिडियामा भाइरल भयो,  तब यी व्यक्तिहरु निकै समस्यामा परेन।

हेर्नुहोस् भिडियो-

https://www.facebook.com/baogiaothong.vn/videos/169846770995125/?v=169846770995125

मानिसहरुले यस व्यक्तिहरुको पागलपंतीको कडा आलोचना गरे। जब पुलिसले यस भाइरल भिडियोको बारेमा थाहा पाए, तब पुलिसले भिडियोको माध्यमबाट बाइकको नम्बर थाहा पाए र यी युवाहरु कहाँ पुगे। पुलिसले सडकमा लापरवाहीमा साथ साधन चलाएको र गैरजिम्मेवारपूर्ण कार्य गरेको भन्दै ८० डलर (लगभग ९००० रुपैयाँ) को जरिवाना तिराए। चालकले हेलमेट पनि नलगाएका कारण, त्यसको पनि छुट्टै जरिवाना तिराएका छन्।

प्रकाशित : सोमबार, माघ १३, २०७६०५:५९

९ औं तलाबाट खसिन् महिला, जमिनमा बजारिने बितिकै जे गरिन् सबै चकित परे ! [भिडियो सहित]