आज फेरी बढ्यो सुनचाँदीको मुल्य!

काठमाडौँ, माघ १३ । निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाले बढेको  छ ।

महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला  ७६  हजार र तेजाबी सुनको मूल्य प्रतितोला ७५  हजार   ७  सय रुपैया तोकेको छ ।

आइतबार  छापावाला  सुन प्रतितोला ७५ हजार  ५  सय र तेजाबी सुन प्रतितोला  ७५  हजार  २ सय रुपैयामा  खरिद बिक्री भएको थियो ।

गत बधुबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला  ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय  पुगेको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाले बढेको छ।

आज चाँदीको मूल्य प्रतितोला९ सय रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित : सोमबार, माघ १३, २०७६०५:४१

निकै दिन पछि, आज घट्यो सुनको मूल्य। हेर्नुहोस्, आजको सुन चाँदीको भाउ