“भ्रष्टहरुले एनसेलको संरक्षण गरे, ब्रह्मलुट गर्ने एनसेललाई बढारेरै छाड्छौं” – विप्लव नेकपा

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पाल्पा जिल्ला समितिले एनसेलको सिम बहिष्कार गर्न अपिल गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पाल्पा जिल्ला समितिले एनसेल टावर तत्काल हटाउन र सिम बहिष्कार गर्न अपिल गरेको हो।

एनसेलले राज्यलाई तिर्नुपर्ने अर्बौं रुपैयाँ कर नतिरेको भन्दै नेकपा पाल्पाका जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह र सेक्रेटरी भुवन जिसीले उक्त विज्ञप्ति जारी गरेका हुन्।

भ्रष्ट दलालहरुले कमिसन खाएर राज्यलाई अर्बौ कर नतिर्ने, जनतालाई ब्रह्मलुट गर्ने एनसेल विरुद्ध प्रतिरोध गर्ने र एनसेल बढार्ने जनसंघर्षको क्रममा हुने सम्भावित खतराप्रति सचेत रहन भन्दै नेकपाले अपिल समेत गरेको छ।

“भ्रष्ट दलालहरुले कमिसन खाएर राज्यलाई अर्बौ कर नतिर्ने र जनतालाई ब्रह्मलुट गर्ने एनसेलको खुलेआम संरक्षण गरिरहेका छन् तर हाम्रो पार्टीले त्यसका विरुद्धमा निरन्तर भण्डाफोर र जनप्रतिरोध गरिरहेको छ । आजैका दिनदेखि घर आँगन नजिक, घरको छतमा राखिएका एनसेलका टावरहरु हटाउन र एनसेलको सिम बहिस्कार गर्न आम जनसमुदायलाई पार्टी हार्दिक अपिल गर्दछ । एनसेल बढार्ने जनसंघर्षको क्रममा हुनसक्ने सम्भावित खतराप्रति सचेत रहन पनि आम जनसमुदायलाई अग्रिम जानकारी गर्दछौं ।”,जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित : सोमबार, माघ १३, २०७६०५:५४

गए राति कयौं ठाउँका एनसेल टावरमा आगजनी ! कहाँ-कहाँ ?