ग्रहचक्रमा ठूलो परिवर्तन : कुन राशिलाई कस्तो ? हेर्नुहोस् !

बुद्धि र वाणीका कारक बुध ग्रह, जनवरी ३१ मा कुम्भ राशिमा प्रवेश गर्नेछ र ७ अप्रिलसम्म यस राशिमा मै रहनेछ। ज्योतिष शास्त्रका अनुसार बुधग्रहलाई मिथुन र कन्या राशिको स्वामीको रुप मानिन्छ। यस ग्रह कन्यामा उच्च र मीनमा निकै कम रहने गर्दछ। बुधको यस गोचरले सबै राशिहरुमा शुभ तथा अशुभ प्रभाव पार्नेछ। आउनुहोस् जानौ, तपाइको राशिमा यस गोचारले कस्तो प्रभाव पार्नेछ।

मेष राशि:

यस गोचारका कारण, मेष राशिको क्षमतामा वृद्धि हुनुका साथ कार्य दक्षता पनि बढ्नेछ। प्रयास गरे आफ्नो आयमा पनि वृद्धि हुने देखिन्छ।आयको मामलामा, यस गोचर मेष राशिका लागि निकै अनुकूल साबित हुनुका साथै आय बढ्नेको पनि तिब्र सम्भावना रहेको छ।

वृष राशि:

वृष राशि भएका व्यक्तिका कार्यक्षेत्रमा निकै उन्नति हुने देखिन्छ। ज्ञान तथा बुद्धि प्रयोग गरि आफ्नो काममा राम्रो प्रदर्शन गर्नेछ, जसका कारण यी व्यक्तिले उचित लाभ पनि पाउनेछन्। व्यापार विस्तार हुने देखिन्छ।

मिथुन राशि:

मिथुन राशिका व्यक्तिका लागि, यस गोचार निकै फलदायक साबित हुनेछ। केही व्यक्तिहरुले, यस समयमा आफ्नो घर परिवर्तन गर्न सफलता प्राप्त गर्नेछन् भने मान सम्मान पनि बढ्नेछ। धार्मिक यात्राको लागि पनि राम्रो योग बन्ने छ।

कर्कट राशि:

यस समय, केहि समस्याहरुको सामना गर्नु पर्ला। संघर्ष बढ्ने देखिन्छ, तर कडा परिश्रम गरे सफलता प्राप्त गर्न सकिनेछ। यस गोचारका कारण, कर्कट राशि भएका व्यक्तिको खर्च निकै बढ्ने देखिन्छ। अनावश्यक यात्रामा पनि सहभागि हुनु पर्ला।

सिंह राशि:

विवाहित जीवन राम्रो रहनुका साथै जीवनसाथीसंगको सम्बन्धमा सुधार हुनेछ। पारिवारिक सम्बन्धहरुमा पनि सुधार हुने देखिन्छ। स्वास्थ्यमा भने केहि ध्यान दिनु पर्ला। यात्राको लागि पनि राम्रो योग बन्ने देखिन्छ।

कन्या राशि:

यस गोचरको प्रभावले कन्या राशिहरुले, यस समय मिश्रित परिणामहरु प्राप्त गर्नेछन्। स्वास्थ्य दृष्टिकोणले, थोरै लापरवाहीबाट पनि स्वास्थ्यमा निकै ठुलो समस्या देखा पर्न सक्ने हुदा, सावधान रहनुहोला। साथै कडा परिश्रमबाट फल पनि राम्रो नै पाइने देखिन्छ।

तुला राशि:

उच्च शिक्षामा राम्रो परिणाम मिल्नेछ। यदि विदेशमा उच्च शिक्षाका लागि जान चाहानुहुन्छ भने यस समयमा राम्रो फल पाउने देखिन्छ। सन्तानबाट राम्रो समाचार प्राप्त होला। प्रेम जीवनमा पनि मिठास् आउने देखिन्छ।

वृश्चिक राशि:

खुशी बढ्नुका साथै वृश्चिक राशि भएका व्यक्तिका लागि समय निकै लाभकारी साबित हुनेछ। नयाँ साथि बन्ने तथा पुराना साथिहरुसंग नाता अझै बलियो हुने देखिन्छ। पारिवारिक जीवनमा पनि आश्चर्यजनक सकारात्मक प्रभाव देखा पर्नेछ।

धनु राशि:

यात्राका लागि राम्रो योग रहेको हुदा, यात्रा लामो हुनुका साथै निकै लाभकारी साबित हुनेछ। आफ्नो भाई तथा बहिनीहरुसंगको सम्बन्धमा सुधार हुने देखिन्छ। साथीभाईबाट सहयोग प्राप्त होला।

मकर राशि:

यस गोचरबाट, यी राशिलाई आर्थिक लाभ हुनुका साथै, आर्थिक स्थितिमा पनि सुधार हुनेछ। समय राम्रो रहेको हुदा भाग्यले पुरा साथ दिनेछ। निकै वर्ष देखि अड्किएका कामहरु पनि यस समयमा बन्ने देखिन्छ। यात्राबाट पनि लाभ उठाउने अवसर प्राप्त होला।

कुंभ राशि:

आध्यात्मिक कुराहरुमा चासो बढ्नुका साथै अनुसन्धानहरुबाट पनि राम्रो परिणाम प्राप्त हुनेछ। सामाजिक कार्यका साथै धार्मिक कार्यमा पनि मन जानेछ। पारिवारिक सम्बन्धहरुमा पनि सुधार हुने देखिन्छ।

मीन राशि:

मीन राशिका व्यक्तिहरुको खर्चमा अध्याधिक वृद्धि हुने योग रहेको हुदा, खर्चलाई लिएर केहि समस्याहरुको सामना गर्नु पर्ला। यस समयमा केही व्यक्तिहरुको विदेश जाने राम्रो योग जुर्नेछ। नयाँ कार्य सुरु गर्नका लागि पनि राम्रो समय रहेको देखिन्छ।

प्रकाशित : सोमबार, माघ १३, २०७६१४:१२

सबै भन्दा कुन राशिको लागि शुभ रहला फेब्रुअरी महिना, हेर्नुहोस् मासिक राशिफल !