काठमाडौँ, माघ १३ । गायिका आस्था राउत सोमबार बिहान आफ्ना अभिभावकसहित महानगरीय प्रहरी परिसर, टेकु पुगेकी थिइन् । महिला प्रहरी जवान रमिता श्रेष्ठले गत माघ ३ गते डिउटीमा रहेका आफु माथि बेला दु’र्व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन् । र त्यसको केहि दिनपछि गायिका राउत विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
सोमबार प्रहरी परिसर, टेकु पुगेकी राउतलाई प्रहरीले हिरासतमा राख्न म्याद थप गर्ने तयारी गरेको छ । राउत विरुद्ध परेको अ’भद्र व्यवहारको कसूर सम्बन्धी जाहेरी माथि अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको हो ।
गत माघ १ गते आस्था सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग गायिका राउतको भनाभन भएको थियो । घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई अ’पशब्द बोल्दै गालि थिइन् । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यस घटनाको सीसीटिभी फुटेज बाहिरिएको थियो ।