“सिक्किम-दार्जिलिङ देखि सतलज सम्मको भूमि नेपालको हो, गणतन्त्र दिवस मनाउँदैमा भारतको हुँदैन”

काठमाडौँ – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतद्वारा उपनिवेश कायम गरिएको करिब ६०००० वर्ग किलोमिटर नेपाली भूमि फिर्ता गर्नुपर्ने माग गरेका छन्।

आइतबार भारतले आफ्नो ७१ औँ गणतन्त्र दिवस मनाउँदै गर्दा हुलाक मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक ज्ञापनपत्र पठाउँदै फणीन्द्र नेपालले यस्तो माग गरेका हुन्।

ज्ञापनपत्र मार्फत उनले सिक्किम, दार्जिलिङ, सिलगढी, उत्तराखण्ड र सतलज नदीसम्मका जमिनमा भारतले गणतन्त्र दिवस मनाउँदैमा ती जमिन भारतको नहुने उनको तर्क छ।

“तपाईंको नेतृत्वको सरकारले नेपालको हक लाग्ने सिक्किम , दार्जिलिङ , सिलगढी , उत्तराखण्ड र सतलज नदीसम्मका जमिनमा भारतको गणतन्त्र दिवस मनाउने कुराको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले घोर भर्त्सना गर्दै आएको छ । आजका मितिमा यसलाई फेरि दोहोर्याउँछ । सन् 1१९४७ अगस्ट १५ देखि नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिन भारतको उपनिवेशमा रहँदै आएको छ । बेलायतको उपनिवेशबाट मुक्त भए लगत्तै भारतले नेपालीतर भारतीय शासकहरूले बुझ्नुपर्ने कुरा के हो भने जसरी पाकिस्तानअधिकृत काश्मीरलाई आफ्नो नक्सामा राख्तैमा त्यो जमिन भारतको हुँदैन , त्यसै गरी नेपाली भूभागमा गणतन्त्र समारोह मनाउँदैमा त्यो जमिन भारतीय मानिँदैन ।”,ज्ञापनपत्रमा भनिएको छ।

सुगौली सन्धिअनुसार बेलायती साम्राज्यमा गाभिएर फिर्ता हुन बाँकी करिब ६०००० वर्ग किलोमिटर नेपाली जमिन सम्मानपूर्वक नेपाललाई फिर्ता गर्न सोहि ज्ञापन मार्फत माग गरिएको छ।

“सुगौली सन्धिअनुसार बेलायती साम्राज्यमा गाभिएर फिर्ता हुन बाँकी करिब ६०००० वर्ग किलोमिटर नेपाली जमिन सम्मानपूर्वक नेपाललाई फिर्ता गर्न ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा भारत सरकारलाई आग्रह गर्दछ ।”,ज्ञापनपत्र मार्फत मोर्चाका अध्यक्ष फणिन्द्रले माग गरेका छन्।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले पठाएको ज्ञापनपत्र :

श्री नरेन्द्र दामोदरदास मोदी
प्रधानमन्त्री , गणतन्त्र भारत नयाँ दिल्ली , भारत ।

२६ जनवरी, २०२०

तपाईंको नेतृत्वको सरकारले नेपालको हक लाग्ने सिक्किम , दार्जिलिङ , सिलगढी , उत्तराखण्ड र सतलज नदीसम्मका जमिनमा भारतको गणतन्त्र दिवस मनाउने कुराको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले घोर भर्त्सना गर्दै आएका छ । आजका मितिमा यसलाई फेरि दोहोर्याउँछ । सन् १९४७ अगस्ट १५ देखि नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिन भारतको उपनिवेशमा रहँदै आएको छ । बेलायतको उपनिवेशबाट मुक्त भए लगत्तै भारतले नेपालीतर भारतीय शासकहरूले बुझ्नुपर्ने कुरा के हो भने जसरी पाकिस्तानअधिकृत काश्मीरलाई  आफ्नो नक्सामा राख्तैमा त्यो जमिन भारतको हुँदैन , त्यसै गरी नेपाली भूभागमा गणतन्त्र समारोह मनाउँदैमा त्यो जमिन भारतीय मानिँदैन । यसरी सुगौली सन्धिअनुसार बेलायती साम्राज्यमा गाभिएर फिर्ता हुन बाँकी करिब ६०००० वर्ग किलोमिटर नेपाली जमिन सम्मानपूर्वक नेपाललाई फिर्ता गर्न ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा भारत सरकारलाई आग्रह  गर्दछ ।

फणीन्द्र नेपाल
अध्यक्ष

प्रकाशित : सोमबार, माघ १३, २०७६०९:४७

गोसाइँकुण्ड पदयात्रामा हराएका दुई युवा हिउँमा पुरिएको अवस्थामा भेटिए !