गायिका आस्थालाई ४ दिन हिरासतमा राख्न दिइयो अनुमति!

काठमाडौँ, माघ १३ ।  गायिका आस्था राउत सोमबार बिहान आफ्ना अभिभावकसहित महानगरीय प्रहरी परिसर, टेकु पुगेकी थिइन् ।

सोमबार प्रहरी परिसर, टेकु पुगेकी राउतलाई ४ दिन हिरासतमा  राखेर अनुसन्धान गर्न  जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।  प्रहरीले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न  सरकारी वकिलमार्फत ७  दिनको अनुमति मागेको थियो । तर प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले  ४ दिनको समय दिएको हो ।

प्रहरीले हिरासतमा राख्न  म्याद थप गर्ने तयारी गरेको छ । राउत विरुद्ध परेको अ’भद्र व्यवहारको कसूर सम्बन्धी जाहेरी माथि अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको हो ।

गत माघ १ गते  आस्था  सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग गायिका राउतको भनाभन भएको थियो । घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई अ’पशब्द बोल्दै गालि थिइन् । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यस घटनाको सीसीटिभी फुटेज बाहिरिएको थियो । त्यसपछि महिला प्रहरी जवान रमिता श्रेष्ठले गत माघ ३ गते  डिउटीमा रहेका आफु माथि बेला दु’र्व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन् । र त्यसको केहि  दिनपछि गायिका राउत विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

प्रकाशित : सोमबार, माघ १३, २०७६१०:५३

चलचित्र ‘चपली हाइट ३’ को यस गीतमा स्वस्तिमा र सुपुष्पाको डान्स!