थप एक व्यक्तिमा देखियो कोरोना भाइरसको संक्रमण, टेकु अस्पतालमा उपचार हुँदै !

काठमाडौँ – नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो। कोरोना भाइरसको आशंकामा उपचार गराइरहेका २ मध्ये १ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार केहि दिन अगाडी हङकङ पठाइएको रगतको नमुना परीक्षणको रिपोर्ट आएसँगै उपचाररत यी व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

कोरोना भाइरस संक्रमणको आशंकामा आइसोलेसन वार्डमा उपचाररत अर्की एक महिलामा भने संक्रमण नभएको पुष्टि भएको अस्पतालको भनाई छ।

चीनको कोरोना भाइरस नेपाल आइपुग्यो: कस्ता हुन्छन् लक्षण, बच्न के गर्ने ? [जानकारी सहित]

बताइएअनुसार, दुवैजना केहि दिन अगाडी चीन देखि फर्किएका थिए। महिला चीनमा आयोजित एक कार्यक्रमबाट फर्किएको बताइएको छ भने संक्रमण भएका पुरुष अन्य देशबाट नेपाल फर्किनेक्रममा चीन ट्रान्जिट हुँदै नेपाल आएका थिए।

केहि दिन अगाडी मात्र नेपालमा कोरोना भाइरसको संक्रमण प्रवेश गरेको पुष्टि भएको थियो। चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो।

अर्का रक व्यक्तिमा समेत भाइरसको संक्रमण भएको पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ पुगेको छ।

प्रकाशित : सोमबार, माघ १३, २०७६१०:५३

गायिका आस्थालाई ४ दिन हिरासतमा राख्न दिइयो अनुमति!