अहिले सामाजिक संजालमा एउटा भिडियो निकै नै भाइरल भईरहेको छ । जसमा एक महिला ९० फिटको उचाईबाट भवनबाट खसेको देखिएको छ । ९० फिटबाट खसेर पनि ती महिलालाई खासै केहि हुँदैन। भवनबाट खसेको केहि समयमै यी महिला उठ्छिन् र हिड्न थाल्छिन्।
Быстрый спуск с 9го этажа на первый через окно и ни одного перелома. Женщина приземлилась в сугроб, отряхнулась и пошла по своим делам. Сейчас правда она в реанимации с ушибами внутренних органов pic.twitter.com/9dPFjUYFQp
— Лента.ру (@lentaruofficial) January 24, 2020
यो घटना रुसको मध्य शहर ‘इजालुचिन्स्क’को एक ‘अपार्टमेन्ट’ को हो।
भिडियोमा तपाई आफै देख्न सक्नुहुन्छ कि, नवौं तला (९० फिट उचाइ) बाट यी महिला जमिनमा राखिएको बरफ माथि खस्छिन्। बरफमाथि नै खस्दा पनि महिलालाई चोट भने लाग्दैन र उनी केही क्षणमै उठ्छिन् र केहि नभएजस्तै त्यहाँबाट हिड्छिन् ।
उक्त घटनापछि, ती महिला अस्पतालमा भर्ना भइन्, जहाँ डक्टर पनि हैरान भए। किनकि, त्यस्तो उचाइबाट खस्दा पनि महिलाको एउटै हड्डी भाँचिएको थिएन। उक्त भिडियो सामाजिक संजालमा लगातार भाइरल भइरहेको छ।