एजेन्सी, सोमबार लस एन्जलसमा भएको ६२ औँ अवार्ड समारोहमा अभिनेत्री प्रियंका चोपडा आफ्नो श्रीमान निक जोनससँगमा उपस्थित भएकी थिइन्।
यसैक्रममा रेड कार्पेटमा उनकोग्ल्यामरस अवतार देख्न पाईएको थियो । प्रियंकाले डिजाइनर राल्फ रूसोको गाउन लगाएकी थिइन्, जुनको नेकलाइन डीप थियो । यस गाउनका साथमा उनले स्टेटमेन्ट ईयररिंग्स र नाइटोमा रिंग लगाएकी थिइन् ।
निक भने गोल्ड सूटमा क्लासी लुकमा देखिएका थिए । प्रियंकाले निकसँग आफ्नो तस्विर इंस्टाग्राममा शेयर गरेकी छिन् । निकलाई उनको दाई केविन र जो जोनससँग गाएको गीत ‘सकर’ को लागि बेस्ट पप डुओ/ग्रुप परफरमेन्स क्याटगोरीमा नोमिनेशन मिल्यो तर उनले अवार्ड पाउनबाट चुके । यस बाहेक जोनस ब्रदर्सले ‘व्हाट ए म्यान गोट्टा डू’ र ‘फाइव मोर मिनट्स’ जस्ता गीत पर्फर्म गरे । प्रियंकाले सोफी टर्नर र डेनियल जोनससँग दर्शकको माझ बसेर जोनस ब्रदर्सलाई चियर गरिन् ।
प्रियंकाको बो’ल्ड रेड कार्पेट अपीयरेन्सलाई सोशल मिडियाबाट विभिन्न प्रतिक्रिया मिलिरहेको छ । केहि मान्छेहरुले उनको यो अवतारलाई मन पराएका छन् भने कतिले उनलाई ट्रोल गरेका छन् । एक यूजरले लेखे, यो बलिउडमा भएको भए राम्रो कपडा लगाउथिन् । एक अर्को युजरले ब’कवास कपडा भन्दै कमेन्ट गरेका छन् ।