“रोनाल्डो भन्दा मेस्सी धेरै प्रतिभावान्, हरेक खेलमा मेस्सी अविश्वसनीय”

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका पुर्व मिडफिल्डर गुटी धेरै जस्तो मेस्सीको पक्षमा रहने गरेका छन्। मेस्सी र रोनाल्डो मध्ये को उत्कृष्ट भनेर सोध्दा उनी प्राय मेस्सीको पक्षमा हुने गर्छन्।

यस भन्दा अगाडी पनि मेस्सीको पक्षमा रहँदै आएका उनले एक पटक फेरी क्रिस्टियानो रोनाल्डोभन्दा लियोनेल मेसी धेरै प्रतिभावान् रहेको बताएका छन् ।

‘मोभिस्टार प्लस’लाई दिएको एक अन्तर्वार्ताको क्रममा गुटीले क्रिस्टियानो रोनाल्डोभन्दा लियोनेल मेसी धेरै प्रतिभावान् रहेको दोहोर्याए। मेस्सी हरेक खेलमा अविश्वश्नीय तरिकाले सफल हुँदै आएको उनको भनाई छ।

मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भनि सोधिएको प्रश्नमा गुटीले मेस्सीलाई छनोट गरेपनि रोनाल्डो मिहिनेतले बनेका खेलाडी रहेको तर्क गरे। उनका अनुसार मेस्सी रोनाल्डो भन्दा प्रतिभावान् भएपनि रोनाल्डो धेरै महत्त्वाकांक्षी खेलाडी रहेको बताए।

“मेस्सीसँग धेरै प्रतिभा छ। तर, रोनाल्डो धेरै राम्रो गोल स्कोरर हुन्। रोनाल्डो धेरै महत्त्वाकांक्षी छन् भने उनी ‘सेल्फ मेड’ खेलाडी समेत हुन्।”,अन्तर्वार्तामा उनले भने।

थप उनले भने,”मेस्सीको युगमा पनि रोनाल्डोले पाँच ब्यालोन डी ओर जुट्नु सानो कुरा होइन। रियलको लागि उनी धेरै महत्वपूर्ण थिए। अफ्ठेरो परेको अवस्थामा पनि उनले रियलको लागि गोल गरेका थिए। हाल रियलमा रोनाल्डोको आवश्यकता खड्किएको छ।” गुटीका अनुसार ठूला खेलमा गोल गर्न सक्ने रोनाल्डोले क्लब छाडेदेखि नै रियल समस्यामा परेको उनले स्पष्ट पारे।

गुटी हाल स्पेनिस तल्लो लिग क्लब अल्मेरिया फुटबल क्लबका मुख्य प्रशिक्षक छन्। लामो समय रियल म्याड्रिडमा रहेका उनले ५४२ खेल खेलेका छन्। रियलको लागि ७७ गोल गरेका उनले असंख्य असिस्ट गरेका छन्।

प्रकाशित : मङ्गलबार, माघ १४, २०७६०५:४९

आईपीएलको मिति सार्वजनिक ! [मिति र खेलका समय सहित]