गायिका आस्था राउतलाई सोमबार साँझ नै गरियो अस्पताल भर्ना!

काठमाडौँ, माघ १४ । सोमबार बिहान अभिभावकसहित महानगरीय प्रहरी परिसर, टेकुमा  पुगेर आत्मसमर्पण गरेकी गायिका आस्था राउत अस्पताल भर्ना  भएकी छिन् । उनि सोमबार साँझ नै अस्पताल भर्ना भएकी हुन् । हाइपर टेन्सनका कारण समस्या भएपछि आस्थालाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ ।

 सोमबार प्रहरी परिसर, टेकु पुगेकी राउतलाई ४ दिन हिरासतमा  राखेर अनुसन्धान गर्न  जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको थियो  । सामान्य विवादमा नै गायिका आस्थामाथि पक्राउ पूर्जी जारी गरेर ४  दिन म्याद थप गरिएपछि अहिले प्रशासनको आलोचना भइरहेको छ ।

प्रहरीले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न  सरकारी वकिलमार्फत ७  दिनको अनुमति मागेको थियो । तर प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले  ४ दिनको समय दिएको हो ।

राउत विरुद्ध परेको अ’भद्र व्यवहारको कसूर सम्बन्धी जाहेरी माथि अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको हो । गत माघ १ गते  आस्था  सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग गायिका राउतको भनाभन भएको थियो । घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई अ’पशब्द बोल्दै गालि थिइन् । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यस घटनाको सीसीटिभी फुटेज बाहिरिएको थियो । त्यसपछि महिला प्रहरी जवान रमिता श्रेष्ठले गत माघ ३ गते  डिउटीमा रहेका आफु माथि बेला दु’र्व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन् । र त्यसको केहि  दिनपछि गायिका राउत विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

प्रकाशित : मङ्गलबार, माघ १४, २०७६०६:२३

“भारतले नेपालको कुनै भूमि मिचेको छैन, कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतकै” -राजपा नेता