काठमाडौँ, उत्तरी छिमेकी मुलुक चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि आम-मानिसमा अहिले त्रास थपिएको छ तर चिकित्सकहरुले उच्च सावधानी अपनाउन सुझाव दिँदै आत्तिईहाल्नु नपर्ने जनाएका छन् । यसको संक्रमण चिनका थुप्रै स्थानमा फैलिएपछि चिकित्सकहरु पनि अहिले आजित भएका छन् । हालै सामाजिक संजालमा एक भिडियो भाइरल भएको छ, जसमा एक महिला कोरोनाभाइरसबाट संक्रमित मनिसहरुको उपचार गर्दा-गर्दा आफु थाकिसकेको भन्दै रोएकी छिन्।
अहिले चिन्ता थुप्रै अस्पताका डाक्टरहरु कोरोनाभाइरसका रोगीहरूलाई दिनरात नसुतिकन खटेर उपचार गरिरहेका छन् । त्यस्तै वुहानको एक अस्पतालमा लिइएको उक्त भिडियोमा एक महिला स्वास्थ्यकर्मीले अब म सक्दिन भन्दै रोएको भिडियो सार्वजनिक भएको छ । हाल चिनियाँ सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल बनेको छ । भिडियोमा उनि चिच्याउदै रोएकी छिन् भने अन्य केहि डाक्टरहरुले उनलाई सम्झाएका छन्।
ति महिला स्वास्थ्यकर्मी दिनरात नसुतिकन खटेर कोरोनाभाइरसका रोगीहरूको उपचार गर्दै आइरहेकी थिइन्। तर १४ सेकेन्डको यस भिडियोलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन।
कोरोना भाइरस: छिट्टै मिर्गौला फेल, कलेजोमा बढी असर ! संक्रमणबाट बच्न के गर्ने ? यसो भन्छन् डाक्टर