आस्था राउत छुटिन्

काठमाडौँ – गायिका आस्था राउत रिहा भएकी छ्न्। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएसँगै गायिका राउत रिहा भएकी हुन्।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ। सोमबार मात्रै ४ दिन हिरासतमा राख्न अनुमति दिएका काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस्तो आदेश दिएका हुन्।

विमानस्थालमा आफू विरुद्ध दुर्व्यवहार भएको भन्दै सामाजिक संजाल लाइभ मार्फत प्रहरी संगठन माथि गाली-गलौज गरेपछि राउत विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएको थियो।

सोहि मुद्दाको अनुसन्धानको लागि भन्दै प्रहरीले ७ दिन हिसासतमा राख्ने अनुमति माग गरेको थियो। तर, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सोमबार राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएका थिए।

४ दिन राख्न अनुमति दिएसँगै सर्वत्र आलोचना भएपछि मंगलबार प्रमुख जिल्ला अधिकारीले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हुन्।

प्रकाशित : मङ्गलबार, माघ १४, २०७६१०:३६

“संसद् चलाउन हामीलाई विश्वासमा लिनुस्” – सभापति देउवा