अवैध सम्बन्धमा रङ्गेहात पक्राउ परे विवाहित महिला, गाउँलेहरुले काटिदिए दुवैको नाँक

भारत उत्तर प्रदेशको अयोध्या जिल्लामा गाउँलेहरूले एक विवाहित महिला र उसको प्रेमीको अवैध सम्बन्धको मामलामा तालिवानी सजाय सुनाएका छन्। जब परिवारले महिलालाई आफ्नो प्रेमीसँग आपत्तिजनक स्थितिमा पक्राउ गरे, परिवारले ती दुई प्रेमीलाई नराम्रोसंग कुटे र उनिहरुलाई डोरीले बाधें। त्यस पछि, गाउँले मिलेर विवाहित महिलाको नाँक काटे र उनको प्रेमीको पनि त्यहिँ हाल गरे।

स्रोतका अनुसार, जनपदको पटरंगा थाना क्षेत्र स्थित, खण्ड पिपराको पूर्वमा, एक ३० वर्षीय विवाहित महिलाको २३ वर्षीय युवकसँग अवैध सम्बन्ध चलिरहेको थियो। उनीहरु लुकि छुपी एक अर्कासँग भेट्थे। तर, जब यस कुरा विवाहित महिलाका परिवारलाई थाहा भयो, तब परिवारले ती दुबैलाई पाठ सिकाउने निधो गरे। परिवारले दुबैको गतिविधिलाई ध्यान दिन थाले। एक दिन विवाहित महिलालाई भेट्न, उनको प्रेमी घरमै पुगे, तब परिवारले घेरा हाले। पक्राउ पर्ने डरले ती महिलाले आफ्नो प्रेमीलाई परालको थुप्रोमा लुकाइन्।

सोमबार राति, विवाहित महिलाको घरबाट बाहिर निस्केर आफ्नो घर जाने क्रममा, त्यस प्रेमीलाई परिवारका सदस्यहरुले समाते। प्रेमीलाई पक्रिने बित्तिकै परिवार र वरपरका मानिसहरुले उनमा सबै रीस उतारे। विवाहित महिलाले, आफ्नो प्रेमीलाई गरेको कुटपिटको विरोध गर्दै घटनास्थलमा पुगिन्।

गाउँलेहरुले विवाहित महिला र प्रेमीलाई डोरीले बाँधे र कुटे। यस पछि, गाउँलेहरुले विवाहित महिलालाई पहिले सजाय दिने निर्णय गरे र उनको नाँक काटिदिए। त्यसपछि उनको प्रेमीको पनि नाँक काटिदिए।

यसपछि दुबैलाई प्रहरीको जिम्मा लगाए। पटरङ्गा प्रहरीले दुबैलाई सामुदायिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगे। तर, गम्भीर अवस्थामा भएका कारण चिकित्सकहरुले जिल्ला अस्पताल लान भने। क्षेत्रीय अधिकारी ‘रुदौली धर्मेन्द्र कुमार यादव’का अनुसार, घटनाको जानकारी पाएपछि दुबै घाइतेलाई उपचारका लागि भर्ना गरिएको छ। यस विषयमा प्रहरीले कानुनी कारबाही गरिरहेको छ।

प्रकाशित : मङ्गलबार, माघ १४, २०७६११:२९

यी चीजहरू मानव जीवनको लागि विष हो, ध्यान दिनुहोस् !