चर्चित कमेडियन, निर्माता-निर्देशक तथा कलाकार टेरी जोन्सको निधन भएको छ । जनवरी २१ मा ७८ वर्षको उमेरमा उनले संसार छोडेका छन्। उनी वेल्श मूलको ब्रिटिश कलाकार थिए भने टेरी जोन्सको निधनको खबर उनको परिवारले दिएका हुन् । अंग्रेजी वेबसाइट इंडिया टुडेको खबर अनुसार उनको परिवारले बयान जारी गर्दै भने कि हामीलाई यो कुरा भन्दा दुख लागिरहेको छ। हाम्रो प्यारो बुबा तथा श्रीमान अब यो दुनियामा रहेनन् । टेरी जोन्सको परिवार अनुसार उनी लामो समयदेखि बिरामी थिए ।
टेरी जोन्सको जन्म १ फेब्रुअरी १९४२ सालमा भएको थियो । उनले आफ्नो फिल्मी यात्रामा एक कलाकार मात्रै नभई स्क्रिप्ट राइटर, कमेडियन तथा निर्माता-निर्देशकको भूमिका निभाएका थिए । उनी चर्चित कमेडियन ग्रूप मोंटी पाइथनको हिस्सा पनि थिए। आफ्नो करियरमा टेरी जोन्सले कैयौँ पुरस्कार पनि हासिल गरेका छन् । हलिउड सिनेमामा टेरी जोन्सको क्यामेरा अगाडी र पछाडी दुवै तर्फ उनको ठुलो योगदान रहेको छ । उनले कैयौँ कमेडी फिल्म पनि निर्देशन गरेका छन् । टेरी जोन्सलाई असली पहिचान १९७९ मा आएको फिल्म लाइफ अफ ब्रेनबाट मिलेको थियो ।
त्यसपछि उनले थुप्रै फिल्म र सानो पर्दामा पनि काम गरे । फिल्म बाहेक उनेल थुप्रै सीरियलमा पनि काम गरेका छन् । जसमा ‘द नट एडजस्ट योर सेट’, ‘ब्रोटोन योर माइंड’ र ‘द फरेस्ट रिपोर्ट’ जस्ता सिरियलमा काम गरेका थिए । टेरी जोन्सको निधनले हलिउड सिनेमा क्षेत्रमा शोक छाएको थियो ।