काठमाडौँ, माघ १५ । चर्चित हास्य कलाकार विल्सन विक्रम राई (तक्मेबुढा) बाबु छन् । आफ्नो जन्म दिनकै दिनमा उनलाई पुत्र लाभ भएको छ । १९८७ जनवरी २९ तारिखका दिन झापामा जन्मेका राईको पनि आज जन्मदिन हो ।
उनले बुधबार बिहान सामाजिक संजालमा आफ्नी छोरीसंगको तस्विर शेयर गर्दै खुसि व्यक्त गरेका छन् । उनले छोरालाई आफ्नो जीवनकै सबैभन्दा बहुमुल्य जन्मदिनको उपहार भनेका छन् ।
विल्सन विक्रम राई करिब एक वर्ष अगाडी इलामकी सरिना लामासँग बिहे गरेका थिए । उनले परिवारको उपस्थितिमा मात्रै विवाह गरेका थिए । उनको विवाह भएको ७ महिना पछि मात्रै सामाजिक संजालमा तस्विर सार्वजनिक भएको थियो ।