चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडाको ज्यान गरेको छ । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले म’रेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् ।
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८-२० वर्षको पोथी गैँडा मृ’तावस्थामा फेला परेको हो । अर्काे एक गैँडा सुखीभार क्षेत्र नजीक मृ’तावस्थामा फेला परेको छ । उनका अनुसार सो गैँडा ३० वर्षको पोथी हो । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार तमासपुरमा भेटिएको गैँडा विषाक्त खानाका कारणले ज्यान गएको प्रारम्भिक अध्ययनमा देखिएको छ । विषाक्त घाँस खाएर गैँडाको ज्यान गएको हुन सक्ने श्रेष्ठले जानकारी दिनुभयो । अर्काे गैँडा मर्नाको कारण खुल्न सकेको छैन ।
गत आर्थिक वर्षमा ४३ गैँडा प्राकृतिक कारणले म’रेका थिए । आर्थिक वर्ष २०७४-७५ मा २६ र २०७३-७४ मा २५ गैँडा कालगतिले ज्यान गरेको थियो । गैँडाको मृ’त्युदर उच्च भएपछि निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ ।
विगत केही वर्षयता चोरीसिकारीबाट गैँडा मा’रिएका छैनन् तर कालगतिले ज्यान जाने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ता व्यक्त गरिएको छ । यसैगरी माउले छाडेका दुई बच्चालाई उद्धार गरी राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ । श्रेष्ठका अनुसार एउटा अन्दाजी तीन हप्ताको पोथी तमासपुर क्षेत्रबाट र अर्काे चार महिनाको भाले बच्चा सौराहा नजीकैबाट उद्धार गरी राखिएको छ ।