आज माघ १६ गते बिहिबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

 दिनभर प्रतिकूलताको सामना गर्नुपर्नेछ । शारीरिक र मानसिक रुपमा तपाईलाई  अस्वस्थताको  अनुभव हुनेछ । व्यर्थ खर्चको मात्रा बढ्नेछ । लेन-देन गर्ने समयमा ध्यान राख्नुहोला । आध्यात्मिकता  प्रति रुचि अधिक रहनेछ ।

वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus)

तपाईको आय र व्यापार वृद्धि हुने योग रहेको छ । व्यपारमा  नयाँ लाभदायक सम्पर्क हुनेछ । कुटुम्ब र मित्रसँग खुशीको पल बित्नेछ । जीवनसाथीसँग प्रगाढ आत्मीयता अनुभव गर्नुहुनेछ । शारीरिक मानसिक स्वास्थ्य राम्रो रहनेछ ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

 

शारीरिक र मानसिक रुपले दिनभर  प्रसन्नता छाईरहनेछ । व्यवसायिक क्षेत्रमा कार्यको प्रशंसा हुनेछ । सामाजिक क्षेत्रमा पनि  मान-सम्मान प्राप्त हुनेछ । परिवारसँग आनन्दपुर्वक बित्नेछ। व्यवसायमा उन्नति हुनेछ । सरकारी क्षेत्रको  कार्य पनि  सरलतापूर्वक सम्पन्न हुनेछ ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ 

शारीरिक-मानसिक स्वास्थ्यका साथसाथै भाग्यवृद्दि हुनेछ । विदेशबाट  शुभ समाचार मिल्नेछ । धार्मिक कार्य, देवदर्शन र यात्रा धामले मन आनन्दित हुनेछ । पारिवारिक सदस्यसँग समय बिताउनु हुनेछ । विदेश जान इच्छुकले मौका पाउनेछन् ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

स्वास्थ्य प्रति  अधिक ध्यान राख्नुहोला । स्वास्थ्यमा खर्च हुनेछ ।  वैचारिक स्तरमा नकारात्मकता  छाईरहनेछ ।  आध्यात्मिकता  प्रति रुचि, ध्यान तथा जपले तपाईलाई उचित मार्ग तर्फ लैजानेछ ।  मानसिक अस्वस्थता  कम हुनेछ ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

तपाईको दिन शुभ रहेको छ । प्रसिद्दी प्राप्त हुनमा सरलता रहनेछ । व्यपारको क्षेत्रमा सकारात्मकता रहनेछ । वस्त्राभूषण किन्नाले मन आनन्दित हुनेछ ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

तपाईको स्वास्थ्य राम्रो रहनेछ । व्यवसायिक क्षेत्र लाभ  हुनेछ  । परिवारसँग समय आनन्दपुर्वक बित्नेछ । बोलिमा ध्यान राख्नुहोला । खर्चको मात्रा बढ्नेछ । कार्यमा  सफलता प्राप्त हुनेछ ।

वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु  (Scorpio)

वाद-विवादमा नफस्नुहोला । सन्तानको विषयमा चिन्ता रहनेछ । विधार्थीलाई सफलता प्राप्त हुनेछ । शेयर-सट्टामा लगानी नगर्नुहोला । भविष्यमा  आर्थिक योजना बनाउनको लागि समय अनुकुल रहेको  छ । परिश्रम अनुसार सफलता  प्राप्त  हुनेछ ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

तपाईको पूरा दिन सुखमय बित्नेछ । अनुकूल परिस्थिति निर्माण हुनाले हरेक कार्य  सरलतापूर्वक पूरा गर्न सक्नुहुनेछ । मनमा  प्रसन्नता रहनेछ । व्यापार- धन्दामा आर्थिक लाभ गर्न सक्नुहुनेछ । विधार्थीले पढाईमा सफलता पाउनेछन् ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

मित्र र परिवारसँग दिन आनन्पूदर्वक समाप्त हुनेछ । कुनै  पर्यटन स्थलमा जानुहुनेछ । व्यवसायिक मान्छेको समय अनुकूल रहेको छ । विधार्थीको समय अनुकुल रहनेछ । शारीरिक र मानसिक स्वास्थ्य बनिरहनेछ । आर्थिक लाभ हुने संकेत रहेको छ ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

मानसिक रुपले दुविधामा भएको अनुभव गर्नुहुनेछ । निरर्थक खर्चबाट बच्नुहोला । बोलिमा ध्यान  नदिदा परिवारमा झगडा होला।  कार्य सफलता प्राप्त हुनाले  विलंब हुन सक्छ ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces )

शारीरिक र मानसिक रुपले तपाईको स्वास्थ्य प्रसन्नताले भरिपूर्ण रहनेछ । उत्साहपूर्ण वातावरण हुनाले नयाँ कार्य प्रारम्भ गर्न प्रेरणा मिल्नेछ । पारिवारिक वातावरणमा  सुखशान्ति बनिरहनेछ । धनप्राप्तिको योग रहेको छ  । धार्मिक यात्रा अथवा धार्मिक कार्यको योग रहेको छ ।

प्रकाशित : बुधबार, माघ १५, २०७६१३:४८

भोलि माघ १६ गते बिहिबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल !