लिभरपुलको अपराजित यात्रा कायमै, प्रिमियर लिगमा १९ अंकको स्पष्ट अग्रता !

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा १९ अंकको स्पष्ट अग्रता बनाएको छ । बुधबार राति भएको खेलमा वेस्टह्याम युनाइटेडलाई २–० ले पराजित गर्दै शीर्षस्थानमा १९ अंकको स्पष्ट अग्रता लिन सफल भएको हो ।

यससँगै लिभरपुलले प्रिमियर लिगमा १४ खेल बाँकी रहँदा उपाधि यात्रालाई थप मजवुत बनाएको छ । लिभरपुलको २४ खेलबाट ७० अंक जोडेको छ । जसमा २३ जित र १ बराबरीको नतिजा छ । समान खेलबाटै दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ तथा तेस्रो स्थानको लेस्टर सिटीको ४८ अंक छ ।

वेस्टह्यामको मैदानमा लिभरपुलको जितमा मोहम्मद सलाह र एलेक्स अक्सलेड चेम्वरलेनले गोल गरे । घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोलको लागि ३५औं मिनेटमा पेनाल्टीको साहरा लिनु परेको थियो ।

रोवर्टाे फिर्मिनोको प्रहारलाई इसा डिओपले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि लिभरपुलले पेनाल्टीको मौका पाएको थियो । जसलाई मोहम्मद सलाहले सदुपयोग गरे । ४९औं मिनेटमा घरेलु टोलीले बराबरीको अवसर खेर फाल्यो ।

डिक्लिन रिस र म्यानुयल लान्जिनीको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गरे । लगत्तै एन्ड्रिउ रोबर्टसनको क्रसलाई एंगेलो अग्बोनाले ब्लक गरेपनि फिर्मिनोको प्रहारलाई गोलरक्षक लुकास फावियान्स्कीले बचाए ।

५२औं मिनेटमा चेम्वरलेनले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । काउन्टर एट्याकमा मोहम्मद सलाहको पासलाई गोलमा परिणत गरेका थिए । त्यसपछि पनि दुवै टोलीले गोलका अवसर पाएपनि सदुपयोग हुन नसक्दा लिभरपुल २–० ले विजयी हुन सफल भयो । हारपछि वेस्टह्याम २३ अंक जोडेर १७औं स्थानमा छ ।

प्रकाशित : बिहिबार, माघ १६, २०७६०४:१६

अलराउन्डर सोमपालले कसे लगनगाँठो !