आफैंले जम्मा गरेको कवाडको खातमा च्यापिँदा एकै परिवारका चारजनाको ज्यान गयो !

रुपन्देही – आफैंले जम्मा गरेको कवाडको बोराको खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीय नागरिकको ज्यान गएको छ ।

कोठामा जम्मा गरेको बोराको थुप्रोले किच्दा भारतको बिहार राज्यको बलियास्थित तपनीगाउँका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, दुई वर्षीया छोरी सहिना खातुन र छ वर्षीय छोरा सुल्तान रजाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव ज्ञवालीले जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी पिपरहियामा भाडामा बस्दै आएका उनीहरुले आफैँले सङ्कलन गरेर राखेको बोराको थुप्रो पल्टिँदा खाटमा सुतेका उनीहरुको निस्सिएर ज्यान गएको प्रहरी निरीक्षक ज्ञवालीले बताए ।

मृतक चारैलाई आज बिहान मृतावस्थामा फेला पारिएको थियो । उनीहरुको शव परीक्षणका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजको कारोबार बन्द गर्न निर्देशन
बजारमा गुणस्तरहीन सामानको बिक्री बढेको उपभोक्ताको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले बजार अनुगमन शुरु गरेको छ । जिप्रका रुपन्देहीको नेतृत्वमा वाणिज्य कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी र पत्रकार महासङ्घका प्रतिनिधिसहितको टोलीले मङ्गलबार बुटवल–१३ स्थित थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजमा अनुगमन गर्यो ।

उपभोक्ताको गुनासो आएपछि थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजले बिक्री गर्दै आएको विभिन्न ब्राण्डका चामल, दाल, बेसनलगायतका खाद्य सामग्रीको अनुगमन गरिएको हो । अनुगमनका क्रममा मापदण्डविपरीत चामल बिक्री गरेको पाइएकाले तत्कालका लागि कारोबार रोक्का गर्न निर्देशन दिइएको जिप्रकाका अधिकृत मनोज पोखरेलले जानकारी दिए ।

अनुगमनका क्रममा थापा ब्राण्डका विभिन्न बोरामा चामल कम भएको पाइएकाले सुधार गरेर मात्रै सम्बन्धित निकायको रोहबरमा कारोबार सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए । अनुगमनका क्रममा इण्डष्ट्रिजका सञ्चालक कृष्णबहादुर थापाले उद्योगमा भएका कमजोरी तत्काल सच्याएर गुणस्तरीय खाद्यान्न बिक्री गर्ने प्रतिबद्धता जनाए ।

बजारमा प्लास्टिकको चामल भित्रिएको गुनासो आएपछि प्रशासनले खाद्य उद्योग र पसलहरुलाई लक्षित गरेर बजार अनुगमन थालेको हो । अनुगमनमा जिप्रका रुपन्देहीका अधिकृत पोखरेल, वाणिज्य कार्यालयका नारायण पन्थी, खाद्य तथा गुण नियन्त्रण कार्यालयका पद्मराज भुसाल, बुटवल उपमहानगरपालिका कार्यालयका टोपलाल शर्मा, नेपाल प्रहरीका प्रकाश चौहान तथा पत्रकारहरुको सहभागिता थियो ।

प्रकाशित : बिहिबार, माघ १६, २०७६०७:१८

सुनको मूल्य ह्वातै बढ्यो : आज माघ महिनाकै महँगो ! कति पुग्यो? [मूल्य सहित]