क्रिस गेलले पोखराबाट इपिएल खेल्ने !

काठमाडौं – वेस्ट इन्डिजका ओपनर क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाट खेल्ने भएका छन्। पोखराले बिहीबार राजधानीमा पत्रकार सम्मेनलमार्फत गेलका बारेमा जानकारी गराएको हो ।

वेस्ट इन्डिजका लागि गेलले १ सय ३ टेस्ट, ३ सय १ वान डे र ५८ टि ट्वान्टी खेलेका छन्। सन् २०१६ मा वेस्ट इन्डिजलाइ टि ट्वान्टी विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण प्रर्दशन गरेका थिए । गेलले ५८ टवान्टी आइ मा १३ अर्ध शतक २ शतक सहित कुल १६ सय २७ रन बनाएका छन् । टि ट्वान्टी आइमा उनको उच्च प्रदर्सन १ सय १७ रन रहेको छ ।

गेलले २०१३ मा रोयल च्यालेन्चर बेङ्ग्लोरवाट राइजिङ्ग पुणे विरुद्ध ६६ बलमा १३ चौका १७ छक्का सहित १ सय ७५ रनमा अविजित रहेका थिए । गेल आइसिसीको एक दिवसिय, टेस्ट र टि ट्वान्टी तिनैमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन् ।

गेलले ३ सय १ एक दिवसियमा २५ शतक र ५४ अर्ध शतकमा कुल १० हजार ४ सय ८० रन बनाएका छन । गेलले आगमी सस्करणको आइपिएल किङ्ग्स इलाभने पन्जावबाट खेल्ने छन्। गेलले कति खेल खेल्ने भन्ने चाहिँ आइपिएलको खेल तालिका आएपछि मात्रै थाहा हुने बताइएको छ ।

प्रकाशित : बिहिबार, माघ १६, २०७६१०:१९

मेस्सी चम्कँदा बार्सिलोनाको फराकिलो जित, ग्रिजमनको पनि गोल !