६७ हजारको चेकबाट २० लाख ६७ हजार रुपैयाँ निकालेर भागेपछि…

काठमाडौँ – बैंक चेक किर्ते गरी रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बैंक चेक किर्ते गरी रकम ठगी गर्ने ५६ वर्षीय पुरुषलाई प्रहरीले बुधबार बल्खुबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका-११ घर भई बल्खुमा डेरा गरि बस्ने ५६ वर्षीय सन्तोष घिमिरे रहेका छन्। घिमिरे काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजमा कार्यालय सचिवको रुपमा कार्यरत थिए।

६७ हजार ९ सय १६ रुपैयाँलाई घिमिरेले अंक र अक्षर दुवैमा किर्ते गरी २० लाख ६७ हजार ९ सय १६ रुपैयाँ बनाएर घिमिरेले ठगी गरेको बताइएको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक शाखा कार्यालय कुलेश्वरबाट २०७६ पुस ९ गते जारी भएको चेकमा ६७ हजार ९ सय १६ रुपैयाँलाई अंक र अक्षर दुवैमा किर्ते गरी २० लाख ६७ हजार ९ सय १६ रुपैयाँ बनाएर रकम निकाली फरार भएका थिए।

ठगी गरी फरार भएको सूचना पाएलगतै अनुसन्धानमा खटिएको महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलिले गौतमलाई बल्खु स्थित उनकै डेराबाट नियन्त्रणमा लिएको हो।

गौतमको डेराबाट लुकाइछिपाई राखेको १८ लाख रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ। ठगी गर्ने गौतम बारे अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ।

प्रकाशित : बिहिबार, माघ १६, २०७६११:०८

अविवाहित युवतीहरु किन्छन् इकोन र आइपिल्स, अस्थायी साधन किन्नपरे लजाउँछन् !