काठमाडौँ – बिहिबार राति पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ। नेपालको पुर्वी भू-भाग नजिक निम्न चापीय प्रणाली रहेको हुँदा शुक्रबार दिउँसो देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा पानी पर्न सक्नेछ।
शुक्रबार राति भने देशभरको मौसम सामान्यतया मौसम सफा रहने महाशाखाको अनुमान छ। महाशाखाले सार्वजनिक गरेको शनिबार सम्मको मौसम पूर्वानुमान निम्न छ।
मौसम विश्लेषण) Meteorological Analysis):-
अहिले नेपालको पुर्वी भू-भाग नजिक निम्न चापीय प्रणाली रहेको छ ।
मौसमको अवस्था )Present Weather Status):
देशको पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रही तराई भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १६ गते (विहिबार)
रातीः देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
माघ १७ गते (शुक्रबार)
दिउँसोः देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।
रातीः देशभर सामान्यतया मौसम सफा रहनेछ।
माघ १८ गते (शनिबार)
दिउँसोः : देशभर आशिंक देखि सामान्य बदली रहनेछ। देशको पश्चिमी तथा मध्य भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
रातीः उच्च पहाडी तथा हिमाली भू-भागमा आंसिक देखि सामान्य बदली रहि हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-
छैन