बिहे भएको ८ महिनामै यि चर्चित गायिकाको डिभोर्स!

हलिउडकी चर्चित गायिका  माइली साइरस र  अभिनेता लियाम हेम्सवर्थले बिहे  भएको ८ महिनापछि  नै डिभोर्स लिने निर्णय लिएका  छन् । लस एंजेलसको  एक अदालतले डिभोर्सको प्रक्रियालाई अन्तिम रुप दिएको छ ।

माइलीको प्रवक्ताद्वारा जारी गरिएको एक अफिसियल  स्टेटमेन्टमा भनिएको छ कि माइली र लियाम दुवै जना आ-आफ्नो करियरमा फोकस गर्न चाहन्छन् । यधपी दुवैले यस कुरालाई मनाही गरेका छन् कि उनीहरुले डिभोर्स चिटिंग गरेको कारण लिएका हैनन् । लियामले अगस्ट २०१९ मा  आपसी मतभेद” भनेर डिभोर्स पत्र दिएका  थिए । यो भन्दा पहिलाको खबर अनुसार  माइलीले भनेकी थिइन् ,”म जे पनि स्वीकार गर्न तयार छु तर मेरो बिहे धोका दिएर टुटेको भन्ने कुरामा सहमत छैन ।”

माइलीले  यस कुरालाई स्वीकार गरेकी छन् कि उनी  बायोसे’क्शुअल हुन्  र महिलाप्रति आकर्षित पनि हुन्छिन् । माइली  र  लियाम हेम्सवर्थले अघिल्लो २३ डिसेम्बरमा फ्रेंकलिनमा  गुपचुप तरिकाले बिहे गरेका थिए । दुवैको पहिलो भेट २००८ मा फिल्म द लास्ट संगको सेटमा भएको थियो । कामको कुरा गर्दा माइली  टेलीभिजन  सीरिज ‘ब्ल्याक  मिरर’ को पाचौँ सीजनमा देखिने छन् । हालै नेटफ्लिक्सले यस शोलाई पाचौँ सीजन घोषणा गरेको छ । माइली साइरस दुनियामा निकै पपुलर छिन्  । उनको  स्टाइल  र गीतलाई निकै मन पराइन्छ।

प्रकाशित : शुक्रबार, माघ १७, २०७६११:०१

महँगो पारिश्रमिक माग्दा चलचित्रबाट निकालिएका थिए यी कलाकार, एकले त मागेका थिए ९० करोड