आजकाल खानाको कारण, प्राय: व्यक्तिहरु मोटोपनाको सिकार भई रहेका छन्। पहिलाको समयमा मोटाउँन गाह्रो हुन्थ्यो भने अहिले मोटाईबाट छुट्कारा पाउन निकै गाह्रो भएको छ। अहिलेका व्यक्तिहरु मोटोपनाबाट छुट्कारा पाउनका लागि विभिन्न जिम, कार्डियो, योग आदिहरुमा सहभागि हुने गर्छन्। तर, संसारको सबैभन्दा मोटो बच्चालाई हेरेर हामी बुझ्न सक्छौ कि, यो त्यति सजिलो कुरा भने होइन।
बिश्वको सबै भन्दा मोटो बच्चाको रेकर्ड, इन्डोनेशियाको ‘आर्या परमाना’को नाममा थियो। आर्या मात्र १० बर्षको हुदा उसको तौल १९३ किलोग्राम थियो। तर २०१६ देखि २०२० सम्ममा आर्याले आफ्नो रुप पूर्णरुपमा परिवर्तन गरिसकेको छ। पहिला आर्या निकै मोटो देखिन्थ्यो भने अहिले त्यस्तो देखिदैन। अहिले आर्या एकदम पातलो देखिन्छ, जसको तस्विरहरु सामाजिक सन्जालमा निकै भाइरल भइरहेको छ।
भाइरल भएको तस्बिरमा आर्या जिम गर्दै देखा परेको छ। आर्याको नयाँ तस्बिर तथा भिडियो, उनको जिम ट्रेनर ‘एडे राय’ले पनि साझेदारी गरेका छन्। स्रोतका अनुसार, आर्या १० बर्षको हुँदा, उनले तौल घटाउन निकै मेहनत गरेका छन्।
https://www.instagram.com/tv/B7e5UBYpfgU/?utm_source=ig_web_copy_link
आर्याको अतिरिक्त मासु घटाउन शल्यक्रिया नै गरेता पनि आर्याको हात तथा कम्मरमा अझै केही बोसो बाँकी नै छ। आर्याको शरीरबाट अझै बढी बोसो हटाउन दुई शल्यक्रियाको आवश्यक पर्दछ।
अहिले ८३ किलो
हालै, आर्यको फिटनेस गुरुले उनको भिडियो साझा गर्दै आर्याले ४ बर्षमा आफ्नो तौल नियन्त्रण गरेको बारे जानकारी दिएका छन्। हाल आर्याको तौल ८३ किलो पुगेको छ।
आर्याका बुबा अनुसार, अब उनले सजिलै खेल खेल्न सक्छ नत्र, आर्यालाई उभिन पनि निकै कठिनाई हुन्थ्यो’।