फेब्रुअरी १ (भोलि) बाट यी मोबाइलहरुमा चल्दैन ह्वाट्सएप (WhatsApp), कारण थाहा पाउनुहोस्

आजको परिवर्तित युगमा, कसैसँग केहि होस् या न होस्, तर प्राय: हरेक व्यक्तिसंग मोबाइल र मोबाइलमा फेसबुक र ह्वाट्सएप (WhatsApp) चाहिँ पक्कै हुने गर्छ। झन् भारतको कुरा गर्ने हो भने त, फेसबुक होस् वा नहोस्, ह्वाट्सएप चाहिँ हुने नै गर्छ।

तर, एक चोटी कल्पना गर्नुहोस्, यदि ती सबै एप तपाईको मोबाइलमा चल्न छोड्यो भने?  तनाव नलिनुहोस्, फेब्रुअरी १ अर्थात भोलिबाट ह्वाट्सएपमा केहि परिवर्तनहरु हुदैछ। आउनुहोस्, यसको बारेमा विस्तृत रुपमा जानौँ।

७५ लाख स्मार्टफोनमा ह्वाट्सएप बन्द हुदै 

भोलिबाट १ फेब्रअरी सुरु हुदैछ। यो महिना, जहाँ तपाईले थोरै चिसो र थोरै तातो महसुस गर्नुहुनेछ भने त्यसै समयमा भोलि, फ्रेबुअरी १ देखि ७५ लाख  मोबाइलमा ‘ह्वाट्सएप’ले आफ्नो सेवा बन्द गर्दैछ। यस्तो अवस्थामा, यी प्रयोगकर्ताहरूसँग नयाँ अपरेटिंग प्रणालीको मोबाइल फोन किन्नुबाहेक अरू कुनै विकल्प छैन। वास्तवमा, १ फ्रेबुअरी २०२० बाट, ‘एन्ड्रोइड’ भर्सन २.३.७ भएको स्मार्टफोन र आईओएस ७ भएको आईफोनमा ह्वाट्सएप सपोर्ट गर्दैन।

यद्यपि, कम्पनीले भनेका छन् कि, ‘यसले धेरै प्रयोगकर्ताहरुलाई असर गर्ने छैन किनकि प्राय: प्रयोगकर्ताहरूसँग नयाँ स्मार्टफोन छ’। कम्पनीले दिएको बयानका अनुसार, ‘एन्ड्रोइडको ‘किटक्याट’ अर्थात ‘भर्सन ४.०.३’ भन्दा माथिको भर्सन भएका मोबाइलमा भने ह्वाट्सएप मज्जाले सपोर्ट गर्नेछ’।

प्रकाशित : शुक्रबार, माघ १७, २०७६०३:५८

मौसम बिग्रिने छाँट-काँट: कतै हिउँ, कतै पानी ! ३ दिनको मौसमबारे यसो भन्छन् मौसमविद्