मेस्सीको नाममा अर्को रेकर्ड, स्पेनिस फुटबलमा नयाँ कोशेढुंगा !

एजेन्सी – स्पेनिस कोपा डेल रे अन्तर्गतको खेलमा बिहिबार राति क्याटलान क्लब बार्सिलोना विजयी भयो। बार्सिलोनाले लेगानेसलाई ५–०ले हराउँदै स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो।

बार्सिलोनाले जित्दा कप्तान मेस्सीले दुई गोलसँगै एन्टोइन ग्रिजमन, क्लेमन्ट लेङ्लेट र आर्थरले गोलले पनि गोल गरे। पहिलो हाफमा २ तथा दोस्रो हाफमा ३ गोल भएको थियो।

खेलको चौथो मिनेटमा नै नेल्सन सेमेडोको पासमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा लेङ्लेटले कप्तान मेस्सीको पासमा गोल गर्दै बार्सिलोनाको गोल संख्या २ पुर्याए।

दोस्रो हाफमा मेस्सी पूर्णरुपमा लेगानेस माथि हावी भए। ५९औं मिनेटमा मेस्सीले गोल गर्दै गोल संख्या ३ पुर्याए भने ७७औं मिनेटमा आर्थरले गोल गर्दा गोल संख्या ४ पुग्यो।

खेल सकिन एक मिनेट बाँकी रहँदा मेस्सीले दोस्रो गोल गरेपछि बार्सिलोनाले सानदार जित निकाल्यो। बार्सिलोनाको सानदार जितसँगै मेस्सीको नाममा नयाँ किर्तिमान पनि बन्न पुग्यो।

बिहिबार रातिको जितसँगै मेस्सी स्पेनिस फुटबल इतिहाँसमा ५०० खेल जित्ने पहिलो खेलाडी बनेका छन्। स्पेनिस फुटबल इतिहाँसमा ५०० खेल जितको आँकडा मेस्सीले मात्र छोएका छन्।

पाँचसय जितको आँकडा छुन मेस्सीलाई ७१० खेल लाग्यो। बार्सिलोनामा रहेर खेलेको ७१० खेल मध्ये ५०० खेलमा मेस्सीले सफलता हात पारे। जुन आँकडा स्पेनिस फुटबल इतिहाँसमा कुनै पनि खेलाडीले छुन सकेको थिएन।

प्रकाशित : शुक्रबार, माघ १७, २०७६०७:३७

सन्दीप विनाको मेलबर्नको हार !