काठमाडौँ, माघ १७ । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी अब छिट्टै नै विवाह बन्धनमा बाधिदै छन् । आगामी फागुन १७ गते विवाह यी दुई विवाह बन्धनमा बाधिन लागेको खबर सिने वृतमा चलेको छ । २ वर्षदेखि गहिरो प्रेम सम्बन्धमा रहेका नायिका कार्की र आयुष्मानले करिब डेढ वर्ष अगाडी इन्गेजमेन्ट गरेका थिए ।
इन्गेजमेन्ट भएको लामो समयसम्म पनि यी दुईले विवाह नगरेपछि कतिपयले अब उनीहरुको विवाह नहुने अड्कल काटेका थिए । अहिले यो जोडी विवाहको तयारीमा जुटेका छन्।
नायिका कार्की केहि दिन अगाडी ब्राइडल शावर अर्थात् ब्याचलोरेट पार्टी मनाउन थाइल्याण्ड पुगेकी थिइन् । आफ्नो निकटका साथीहरुसंग डेस्टिनेशन ब्याचलर पार्टी मनाईसकेकी नायिका कार्कीको फेसबुक र इन्स्टाग्रामका वालमा अझै पनि थाइल्याण्डका तस्विरहरु पोस्ट भैरहेका छन्।
चलचित्र ‘कथा काठमाण्डू’ को सेटबाट प्रेममा परेका यी दुईले आफुहरु प्रेममा रहेको कुरा कहिल्यै लुकाएनन्। सामाजिक संजालमा पनि यी दुईले खुलेरै एक-अर्कालाई प्रेम दर्शाउछन् ।